गृह प्रशासनले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित तीन सहसचिवको सरुवा गरेको छ । गृहले भक्तपुर र अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारीसहित तीन सहसचिवको सरुवा गरेको छ । भक्तपुरका प्रजिअ गोपालप्रसाद अर्याललाई अर्घाखाँची सरुवा गरिएको छ भने भक्तपुरमा गृह मन्त्रालयका सहसचिव भरतमणि पाण्डेलाई खटाइएको छ । पाण्डे हालैमात्र गृह मन्त्रालयमा तानिएका थिए । यस्तै दुई महिना अगाडिबाट अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पुगेका वेदप्रसाद खरेललाई गृहमा तानिएको छ ।
बिज्ञापन
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको ५२ औं सिडियोका रुपमा दुई महिना अगाडिमात्र गृह मन्त्रालयले खरेललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर अर्घाखाँची पठाइएको थियो । यस अघिका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल सात महिनामा त्यहाँबाट सरुवा भएर हिडेसँगै गत वैशाख ३ गतेदेखि प्रमुख जिल्ला अधिकारीका रुपमा अर्घाखाँची पुगेका थिए,खरेल । गत चैत्र २२ को गृहमन्त्रालयको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीको रुपमा अर्घाखाँचीमा हाजिर हुन पुगेका थिए खरेल । तर पछिल्ला दुई महिनामा आफूमातहतका कर्मचारीलाई अपशव्द बोल्ने,फाँटमा नबस्ने,कर्मचारीहरुलाई रेस्पोन्स समेत नगर्ने,सेवाग्राहीसँग झर्को फर्को गर्ने लगायतका उनका व्यवहारका कारण जिल्ला प्रशासनका कर्मचारीहरु हैरान र आजित थिए ।
बिज्ञापन
खरेलले कर्मचारीलाई थर्काउने, अशोभनीय शब्दहरू प्रयोग गरेर होच्याउने लगायतका गतिविधि गरेपछि उनीविरुद्ध उजुरी गृहमन्त्री समक्ष पुगेको थियो । यसरी प्रमुख जिल्ला अधिकारीको कार्यशैलीबाट आजित भएका जिल्ला प्रशासन कार्यालयका २५ भन्दा बढी कर्मचारीहरुले उनी विरुद्ध आन्दोलनमै उत्रने र प्रारम्भमा पेन डाउन गर्ने निर्णयमा पुगेका थिए,कर्मचारीहरु । प्रशासनका कर्मचारीहरुका अनुसार सिडियोको कार्यशैलीविरुद्ध आजदेखि जिल्ला प्रशासनका दुई दर्जन कर्मचारीहरु आन्दोलनमा उत्रने र प्रारम्भमा पेन डाउन गर्ने तयारीमा उत्रिएका थिए । यसरी सेवाग्राही र कर्मचारीसँग असहयोगी व्यवहार गरेको गुनासोपछि मन्त्रालयले अर्याललाई तत्काल मन्त्रालय फिर्ता बोलाएर त्यहाँ गोपाल अर्याललाई खटाइएको छ ।
बुधबार भएको घटनाको विषयमा खरेलले आन्तरिक कर्मचारी बैठकमा कुरा मिलाए पनि गृहले बिहीबार उनलाई सेवाग्राही र कर्मचारीसँग असहयोगी व्यवहार गरेको गुनासोपछि फिर्ता बोलाइएको गृह प्रशासन स्रोतले जनाएको छ । उनको थर खरेल भए पनि गृहको सरुवा सूचीमा अर्याल लेखिएको छ ।