२५ सचिवहरुको राजीनामाको धम्कीबाट सरकारले खुट्टा नकमाओस

प्रतिनिधि सभा सांसद राजेन्द्र पाण्डेले उच्च पदस्थ कर्मचारीको दबाबमा सङ्घीय निजामती विधेयकमा राखिएको कुलिङ पिरियड हटाउन लागेको भन्दै त्यसको विरोध गरेका छन् ।

बिज्ञापन

नेकपा एकीकृत समाजवादीका सांसद तथा सो पार्टीका उपनेता समेत रहेका पाण्डेले निजामती कर्मचारी विधेयकमा रहेको कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाउन प्रधानमन्त्रीलाई कर्मचारीले दबाब दिइरहेको बताएका हुन । संविधान जारी भएसँगै झन्डै ७५ हजारको सङ्ख्यामा रहेका निजामती कर्मचारीको समस्या समाधान गर्नेगरी आएको विधेयक बल्ल आएपनि कुलिङ पिरियड हटाउन भएको प्रयासबाट सरकार डराउनु हुँदैन ।

बिज्ञापन

यस अघि स्थानीय विकास मन्त्री,बाग्मती प्रदेशका मुख्यमन्त्री चलाइसकेका र राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य समेत रहेका पाण्डेले भने सो विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित गरेका छौ । यो हाउसमा आइसकेको छ । केही समययता उच्च पदस्थ केही कर्मचारीले सम्माननीय प्रधानमन्त्रीसँग गएर दवाब दिएर कुलिङ पिरियड हटाउन खारेज गराउन संयुक्त राजीनामा दिन्छौ भनेर धम्की दिएको सुनेका छौं । सरकारले यसमा खुट्टा नकमाओस्, तुरुन्त ल्याओस् । २५ जना सचिवहरूले राजीनामा दिन्छन् भने नयाँ सहसचिवले जिम्मेवारी पाउँछन् । धम्कीकाका भरमा नीति निर्माण गर्नुहुँदैन ।’

पाण्डेले उच्च पदस्थ कर्मचारीले सामूहिक राजीनामा दिने धम्की दिएर विधेयक रोक्न खोजेको समेत बताए ।

बिज्ञापन

लामो रस्साकस्सी पछि अघिल्लो महिना २ जेठमा राज्य व्यवस्था तथा समितिबाट पास भएको थियो संघीय निजामती सेवा विद्येयक । झण्डै १ महिना पछि असार १ गते प्रतिनिधि सभामा पेश भएको थियो उक्त विद्येयक । गत मंगलबारको कार्यसूचीमा परेर पनि रोकिएको संघीय निजामती सेवा विधेयक आगामी १४ असार अगाडि प्रतिनिधि सभामा पेश हुने कार्यसूचीमा छैन ।
सो विद्येयकमा रहेका ‘कुलिङ पिरियड’ हटाउन उच्च प्रशासकहरुले गरेको लविइङले करिब करिब सार्थकता पाइसकेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमआरलाई अस्पताल प्रवेश निषेध

जेनजीको आन्दोलनका नाममा कर्मचारीलाई चलखेलको अवसर,विवादमा तानियो कलंकी मालपोत

राजस्व अनुसन्धान विभागकै गेटभित्र हरायो ४० करोड : बर्दिया डिस्टिलरी फाइलको रहस्य

उपसचिवको सरुवामा ५३ लाख डिल,दुई हाइप्रोफाइलविरुद्ध भ्रष्टाचार मुद्धा दायर

पूर्व प्रधानमन्त्री,मन्त्रीसहित सचिव र सह सचिवलाई विदेश भ्रमणमा रोक

दुई मन्त्री, पाँच विचौलियालाई प्रतिवादी बनाएर विशेष अदालत पुग्यो अख्तियार

बाघ भैरवबारे सामान्य जानकारी

१४ बर्षको इतिहासमा दोहोर्याएर महानिर्देशक,ग्रे लिष्टबाट बाहिर निकाल्ने मुख्य टिओआर

बिशेष