निजामती विद्येयकमा केही समय पर्खन प्रधानमन्त्रीको आग्रह

राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित भएको संघीय निजामती सेवा विद्येयकप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तृष्टी व्यक्त गरेका छन् । सो विद्येयकको दफा ४३ मा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष चासो व्यक्त गरेका छन् ।

बिज्ञापन

विद्येयकको दफा ४३ मा अवकाशपछि तात्तातै राजनीतिक नियुक्ति नदिने र नियुक्तिका लागि कम्तिमा २ बर्ष कुलिङ पिरियडको प्रावधान राखिएको छ । सोही प्रावधानप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाउँदै आएका छन् ।

बिज्ञापन

अस्तिको क्याविनेट बैठक अगाडि त प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई रामहरि खतिवडाको पछि लागेर निजामती प्रशासन चल्दछ ? भन्दै हकारेको थिए भने सो क्याविनेटमा समेत निजामती विद्येयक उपर छलफल चलेको थियो ।

सोही विद्येयक अगाडि बढाउने सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती  केही समय पर्खिन आग्रह गरेका छन् ।

बिज्ञापन

हिजो नेपाली कांग्रेसका नेताहरूसँग भएको छलफलको क्रममा प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले बुधबार कांग्रेसका नेताहरू र प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूसँग भेटेका थिए ।

विद्येयकमा अहिले कर्मचारीको अवकाशको उमेर र अवकाशपछि निश्चित समय संवैधानिक वा अन्य नियुक्ति नपाउने प्रावाधान राखिएको छ । राज्य व्यवस्था तथा सुशासन समितिले हाल रहेको ५८ वर्षमा अवकाश हुने रहेको प्रावधानलाई बदलेर ६० वर्ष पुर्‍याउने गरी विधेयक पास गरेर अगाडि बढाएको छ । अवकाश पाएपछि २ वर्षसम्म संवैधानिक वा अन्य नियुक्ति नपाउने प्रावधान समेटिएको छ । राजीनामा दिएका कर्मचारीको हकमा समेत यो प्रावधान लागू हुने गरी विधेयकको प्रतिवेदन तयार भएर सभामा पेस भइसकेको छ ।

गत जेठ २ गते राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको संघीय निजामती सेवा विद्येयक १ असारमा प्रतिनिधि सभामा पेस भएको थियो । १५ असारमै सो विद्येयक पारित गर्ने तयारी भए पनि अन्तत संसद सचिवलायले तयार पारेको क्यालेण्डरमा आगामी १४ गतेसम्म कार्यसूचीमा छैन,सो विद्येयक ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

तातोपानी नाकाबाट तस्करी, सशस्त्रको फन्दामा परे तस्करी

पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

डा. बद्री रिजालको नेतृत्वमा नयाँ टिम, वरिष्ठ उपाध्यक्ष डा. सन्जिब तिवारी र महासचिव डा. विश्वराज दवाडी उम्मेदवार

सिद्धार्थनगरमा सरकारी गाडी बेपत्ता: पार्टी महाधिवेशन प्रयोगबारे प्रश्नचिन्ह

आ.व. २०८२/८३ मंसिरसम्म राजस्व सङ्कलनः लक्ष्यको ७८.७४ प्रतिशत मात्रै प्राप्त

भ्रष्टाचार मुद्धामा दोषी ठहर भएका पहारी एमाले अनुशासन आयोगको अध्यक्ष

संगठनात्मक सामाजिकीकरण र सामाजिक गतिशीलता

३९१ नासुसहित ४५० कर्मचारीकै एकै लटमा सरुवा

बिशेष