१६ सहसचिव र ५ उपसचिवको सरुवा,११ जिल्लाको सिडियो हेरफेर

गृह मन्त्रालयले सहसचिव र उपसचिव तहका २१ जना कर्मचारीहरुको सरुवा गरेको छ ।सरुवाको सूची अनुसार ५ उपसचिव तहका र १६ जना सहसचिव तहका कर्मचारी सरुवामा परेका हुन । गृहले २१ जना कर्मचारीको सरुवा गर्दा ११ जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् ।

बिज्ञापन

मन्त्रालयले लामो समयदेखि अतिरिक्त समूहमा रहेका सहसचिवहरुलाई जिम्मेवारीमा खटाउँदै सहसचिवको दरबन्दी भएका जिल्लामा खटिएका उपसचिवहरुलाई सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा खटन पटन गरेको छ ।

बिज्ञापन

मन्त्रालयले गुल्मी, इलाम, बैतडी, डोटी, गोरखा, डडेलधुरा, भोजपुर, रोल्पा, सिन्धुली,जुम्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको छ।
मन्त्रालयको सरुवाको सूची अनुसार केही अघि मन्त्रालयमा तानिएका रामुराज कडरियालाई गोरखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटाएको छ भने कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा रहेका सुरेश पन्थीलाई भोजपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको छ । यस्तै जनार्दन गौतमलाई गुल्मीबाट डोटीको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको छ । अहिले डोटीमा उपसचिवलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको थियो । डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलाई गृहमा ल्याइएको छ ।
यस्तै,केही अघिमात्र गृहमा तानिएकी सुनिता नेपाललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीसहित इलाम खटाइएको छ भने कल्पना श्रेष्ठलाई इलामबाट गृहमा ल्याइएको छ ।
बैतडीमा कार्यरत रहेका उपसचिव दीर्घराज उपाध्याय गृहमा फिर्ता हुँदा गोरखाका सिडियो पुण्यविक्रम पौडेल वैतडीमा पुगेका छन् ।

बिज्ञापन

 

 

 

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष