१६ सहसचिव र ५ उपसचिवको सरुवा,११ जिल्लाको सिडियो हेरफेर

गृह मन्त्रालयले सहसचिव र उपसचिव तहका २१ जना कर्मचारीहरुको सरुवा गरेको छ ।सरुवाको सूची अनुसार ५ उपसचिव तहका र १६ जना सहसचिव तहका कर्मचारी सरुवामा परेका हुन । गृहले २१ जना कर्मचारीको सरुवा गर्दा ११ जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् ।

बिज्ञापन

मन्त्रालयले लामो समयदेखि अतिरिक्त समूहमा रहेका सहसचिवहरुलाई जिम्मेवारीमा खटाउँदै सहसचिवको दरबन्दी भएका जिल्लामा खटिएका उपसचिवहरुलाई सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा खटन पटन गरेको छ ।

बिज्ञापन

मन्त्रालयले गुल्मी, इलाम, बैतडी, डोटी, गोरखा, डडेलधुरा, भोजपुर, रोल्पा, सिन्धुली,जुम्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको छ।
मन्त्रालयको सरुवाको सूची अनुसार केही अघि मन्त्रालयमा तानिएका रामुराज कडरियालाई गोरखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटाएको छ भने कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा रहेका सुरेश पन्थीलाई भोजपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको छ । यस्तै जनार्दन गौतमलाई गुल्मीबाट डोटीको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको छ । अहिले डोटीमा उपसचिवलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको थियो । डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलाई गृहमा ल्याइएको छ ।
यस्तै,केही अघिमात्र गृहमा तानिएकी सुनिता नेपाललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीसहित इलाम खटाइएको छ भने कल्पना श्रेष्ठलाई इलामबाट गृहमा ल्याइएको छ ।
बैतडीमा कार्यरत रहेका उपसचिव दीर्घराज उपाध्याय गृहमा फिर्ता हुँदा गोरखाका सिडियो पुण्यविक्रम पौडेल वैतडीमा पुगेका छन् ।

बिज्ञापन

 

 

 

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

PIS update गर्ने सम्बन्धी राष्ट्रिय कितावखानाको बिशेष अनुरोध

प्रहरीले ‘ठगीमा पक्राउ’ गरेको व्यक्ति अहिले श्रम मन्त्रीको कुर्सीमा

एकै पटक चार सचिव रिक्त,कसरी हुन्छ उच्च प्रशासकको दरबन्दी कटौती र व्यवस्थापन ?

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई मन्त्रीको कडा चेतावनी : ” मार्ग प्रशस्त गर्नु, अर्को आउँछ”

६ सहसचिवको सरुवा,४ जनालाई खटाइयो उपमहानगरपालिका

परिवर्तनको पर्खाइमा कर्मचारीतन्त्र

अख्तियार कार्यालयकै पछाडिबाट २० हजार घुससहित रंगेहात समातिए सई

रुदैं गिरफ्तारी दिएका सह सचिव हाजिरी जमानीमा छुटे

बिशेष