यातायात कार्यालयका अधिकृत गौतमको दुई करोड ५२ लाख गैरकानुनी सम्पत्ति

पर्सास्थित यातायात व्यवस्था कार्यालयको सवारी चालक अनुमति पत्र शाखामा कार्यरत शाखा अधिकृत कमलराज गौतम अख्तियारको फन्दामा परेका छन्। सामान्य रूपमा आठौं तहका कर्मचारी रहेका गौतमको जीवनशैली भने कुनै धनाढ्य व्यापारीभन्दा कम थिएन। शाखा अधिकृत भए पनि उनीसँग देखिएको ठाँटबाँट र खर्चका शैलीहरूले सुरुदेखि नै प्रश्न उठाउँदै आएका थिए।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो अनुसन्धानले गौतमले वैध आयभन्दा करिब २ करोड ५१ लाख रुपैयाँ बढी सम्पत्ति आर्जन गरेको देखाएको छ। आयोगका अनुसार २०५५ साल वैशाख ७ गतेदेखि २०७९ साल चैत २४ गतेसम्मको कार्यकालमा गौतमले आफू र पत्नी सरला नेपालको नाममा रहेको आम्दानी, भत्ता, ऋण, बीमा, घरभाडा, कृषि, ब्याजलगायत स्रोतबाट कूल २ करोड ८९ लाख २० हजार रुपैयाँजति वैध आम्दानी गरेका थिए।

बिज्ञापन

तर, सोही अवधिमा उनले घरजग्गा खरिद, निर्माण, सवारीसाधन, बीमा, अध्ययन, ऋण भुक्तानी, शेयर खरिद, सुन खरिद र बैंक लगानीलगायत शीर्षकमा ५ करोड ४० लाख ९८ हजार रुपैयाँभन्दा बढी खर्च र लगानी गरेको देखिएको छ।

अख्तियारको रिपोर्टअनुसार, यो खर्च र लगानी वैध आम्दानीभन्दा झण्डै २ करोड ५१ लाख रुपैयाँ बढी भएको पुष्टि भएको छ। सोही आधारमा स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा गौतमविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

बिज्ञापन

यसबाहेक, उनले राष्ट्रसेवक पदमा रहँदा प्रत्येक वर्ष बुझाउनुपर्ने सम्पत्ति विवरणमा झुटा विवरण पेश गरेको पनि अख्तियारको निष्कर्ष छ।

गौतमविरुद्ध साबिकको भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, प्रचलित ऐन २०५९ को दफा २० (१), १६ (२), २० (२), ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख अनुसार मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिएका छन्।

गौतमले श्रीमती सरला नेपालका नाममा पनि स्रोत नखुलेको सम्पत्तिबाट घरजग्गा खरिद गरेको पुष्टि भएकाले उनलाई समेत प्रतिवादी बनाइएको छ। आयोगले गैरकानुनी सम्पत्तिको जफत, कैद र जरिवानासमेत माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

PIS update गर्ने सम्बन्धी राष्ट्रिय कितावखानाको बिशेष अनुरोध

प्रहरीले ‘ठगीमा पक्राउ’ गरेको व्यक्ति अहिले श्रम मन्त्रीको कुर्सीमा

एकै पटक चार सचिव रिक्त,कसरी हुन्छ उच्च प्रशासकको दरबन्दी कटौती र व्यवस्थापन ?

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई मन्त्रीको कडा चेतावनी : ” मार्ग प्रशस्त गर्नु, अर्को आउँछ”

६ सहसचिवको सरुवा,४ जनालाई खटाइयो उपमहानगरपालिका

परिवर्तनको पर्खाइमा कर्मचारीतन्त्र

अख्तियार कार्यालयकै पछाडिबाट २० हजार घुससहित रंगेहात समातिए सई

रुदैं गिरफ्तारी दिएका सह सचिव हाजिरी जमानीमा छुटे

बिशेष