यातायात कार्यालयका अधिकृत गौतमको दुई करोड ५२ लाख गैरकानुनी सम्पत्ति

पर्सास्थित यातायात व्यवस्था कार्यालयको सवारी चालक अनुमति पत्र शाखामा कार्यरत शाखा अधिकृत कमलराज गौतम अख्तियारको फन्दामा परेका छन्। सामान्य रूपमा आठौं तहका कर्मचारी रहेका गौतमको जीवनशैली भने कुनै धनाढ्य व्यापारीभन्दा कम थिएन। शाखा अधिकृत भए पनि उनीसँग देखिएको ठाँटबाँट र खर्चका शैलीहरूले सुरुदेखि नै प्रश्न उठाउँदै आएका थिए।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो अनुसन्धानले गौतमले वैध आयभन्दा करिब २ करोड ५१ लाख रुपैयाँ बढी सम्पत्ति आर्जन गरेको देखाएको छ। आयोगका अनुसार २०५५ साल वैशाख ७ गतेदेखि २०७९ साल चैत २४ गतेसम्मको कार्यकालमा गौतमले आफू र पत्नी सरला नेपालको नाममा रहेको आम्दानी, भत्ता, ऋण, बीमा, घरभाडा, कृषि, ब्याजलगायत स्रोतबाट कूल २ करोड ८९ लाख २० हजार रुपैयाँजति वैध आम्दानी गरेका थिए।

बिज्ञापन

तर, सोही अवधिमा उनले घरजग्गा खरिद, निर्माण, सवारीसाधन, बीमा, अध्ययन, ऋण भुक्तानी, शेयर खरिद, सुन खरिद र बैंक लगानीलगायत शीर्षकमा ५ करोड ४० लाख ९८ हजार रुपैयाँभन्दा बढी खर्च र लगानी गरेको देखिएको छ।

अख्तियारको रिपोर्टअनुसार, यो खर्च र लगानी वैध आम्दानीभन्दा झण्डै २ करोड ५१ लाख रुपैयाँ बढी भएको पुष्टि भएको छ। सोही आधारमा स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा गौतमविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

बिज्ञापन

यसबाहेक, उनले राष्ट्रसेवक पदमा रहँदा प्रत्येक वर्ष बुझाउनुपर्ने सम्पत्ति विवरणमा झुटा विवरण पेश गरेको पनि अख्तियारको निष्कर्ष छ।

गौतमविरुद्ध साबिकको भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, प्रचलित ऐन २०५९ को दफा २० (१), १६ (२), २० (२), ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख अनुसार मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिएका छन्।

गौतमले श्रीमती सरला नेपालका नाममा पनि स्रोत नखुलेको सम्पत्तिबाट घरजग्गा खरिद गरेको पुष्टि भएकाले उनलाई समेत प्रतिवादी बनाइएको छ। आयोगले गैरकानुनी सम्पत्तिको जफत, कैद र जरिवानासमेत माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष