राज्यले नीति,विधि,पद्धतिमा टेकेर निर्णय गर्ने हो कि,व्यक्ति केन्द्रीत निर्णय गर्दै जाने हो ?
बिज्ञापन
विगतमा अवकाशको डिलमा पुगेका व्यक्तिलाई राज्यकोषमा भार बढ्ने गरी सचिव बनाइने र पदस्थापन समेत नगरी घर पठाइने विगतदेखि कै अभ्यास देखिन्छ । यस्तै अभ्यासको निरन्तरा हिजोको मन्त्रिपरिषद्को बैठकमा पनि देखियो । हिजो बसेको क्याविनेट बैठकले डा खगेन्द्र सुवेदीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । दुई महिना पछाडि अनिवार्य अवकाशमा जान लागेका सुवेदीको हकमा सरकार उदार बनेर सचिवमा बढुवा गरेको हो । महालेखा नियन्त्रक रघुराम विष्टले अनिवार्य अवकाश पाएपछि रिक्त स्थानमा सचिव बढुवाका लागि ३ जनाको नाम सिफारिस भएको थियो । सचिव बढुवाका लागि डण्डुराज घिमिरे,खगेन्द्र सुवेदी र कृष्णप्रसाद काप्रीको नाम सिफारिस भएको थियो । क्याविनेटले दोस्रो नम्बरका सहसचिवलाई सचिवमा बढुवा गरेको हो ।
बिज्ञापन
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षमा बसेको बढुवा समितिको बैठक सचिवमा बढुवाका लागि सिफारिस गरेकामध्ये १ नम्बरमा सिफारिस भएका सहसचिव डण्डुराज घिमिरे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत छन्। लोकसेवा आयोग कै सहसचिव खगेन्द्रप्रसाद सुवेदी २ नम्बरमा सिफारिस भएका छन्। सचिवमा बढुवा लागि ३ नम्बरमा सिफारिस भएका सहसचिव कृष्णप्रसाद काप्री शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक हुन्।
घिमिरे र सुवेदीको नाम यस अघि पनि बढुवाका लागि सिफारिस भएको थियो तर सो समयमा भुपाल बराल सचिवमा बढुवा गरिएको थियो । यस पटक पहिलो नम्बरका सहसचिवलाई छोडेर दोश्रो नम्बरमा रहेका सहसचिव सुवेदीलाई बढुवा गर्नुको कारण उनी आगामी भदौ १८ गते अनिवार्य अवकाशमा जाँदैछन्। घिमिरेलाई उछिनेर सुवेदी सचिव बनेसँगै डण्डुलाई सचिव बन्न अब भदौं १८ सम्म कुर्नुपर्दछ ।
बिज्ञापन
विगतमा रामप्रसाद घिमिरेलाई १५ दिनका लागि मात्र सचिवमा बढुवा गरेको थियो । यस्तै यस अघि अर्जुनजंग थापालाई एक साताका लागि सचिवमा बढुवा गरेको थियो । उनी पदस्थापन हुनै नपाई अवकाशमा गएका थिए ।
यस्का अलवा सरकारले ४ दिनपछि अवकाशमा जान शंकरप्रसाद खराललाई सहसचिबाट सचिवमा बढुवा गरेको थियो । कनिष्ठ सहसचिवलाई ४ दिन भए पनि सचिव बनाएर घर पठाउने उदेश्यले अकस्मात मन्त्रिपरिषद्को बैठक डाकेर उनलाई सचिवमा बढुवा गरेको हो । जागिरे जीवनको लामो समय लोकसेवा आयोग,योजना आयोग,आन्तरिक राजश्व विभागमा बिताएका उनी ०४४ साल साउन १ मा सेवा प्रवेश गरेका थिए । ०६९ फागुन २६ मा सहसचिवमा पदोन्नति भएका उनै खरालकै लागि अघिल्लो साता बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको दरबन्दी समेत थपेको थियो । सचिवमा बढुवा भएका खरेल पदस्थापन समेत नभइ अवकाशमा गएका छन् ।
कर्मचारीहरुको इच्छा अनुसार मन्त्री र सरकारहरुले कसरी निर्णय गर्दछन् र राज्यकोषमा भार थप्छन् भन्ने उदाहरण खराल एक्ला पात्र चाहिँ होइनन् । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्त भएका महाश्रम शर्मा एक दिनका लागि सचिव बढुवा भएका थिए । उनले सचिव भएर हाजिर गर्न पनि पाएनन् । उनको हकमा त अझैं दिउँसो उनी सेवा निवृत्त भएर बिदाई भए । साँझ बसेको मन्त्रिपरिषद् बैठकले राती १२ बजेसम्म उनी सचिवमा बहाल गरेको थियो । सहसचिवबाट उनलाई सचिवमा उकालिँदा एकातिर प्रतिष्ठा पाए अर्कोतिर पेन्सनपट्टा । त्यही सचिव बनाइएको कारण अहिले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष खान सजिलो बनाइयो ।
महाश्रम शर्माझैं अर्थ मन्त्रालय र मातहतका विभागमा लामो समय काम गरेका सूर्य आचार्य पनि उसैगरी बढुवा भए । उनी तीन दिनका लागि सचिव बढुवा भएका थिए । यस अघिको सरकारले दुई साता पछि अवकाशमा जान लागेका बीर बहादुर राईलाई सचिवमा बढुवा गरेको थियो । सहसचिवमै घर जाने राईलाई नियम मिचेर सचिवमात्र बनाइएन अवकाशको केही साता पछि नै लोकसेवा आयोगमा पठाइयो । उनी पनि पदस्थापन नै नभइ अवकाशमा गएका थिए । उसैगरी श्री आचार्यका लागि पनि नियम मिचेर केही साताका लागि सरकारले सचिव बनाएको उदाहरण छ ।
विगतमा अवकाशको मुखमा पुगेका सहसचिवलाई १ दिने,चार दिन,एक साताका लागि सचिव बनाउने र तिनैलाई अवकाश लगतै संवैद्यानिक निकायमा लगेर नियुक्ति गर्ने विकृती देखिदैं आएको छ । यस्तै विकृती रोक्नका लागि हो कुलिङ पिरियड ।