रेष्टुरेण्टबाट रंगेहात समातिएका खरिदारसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा

कोहलपुर, बाँके — मालपोत कार्यालय, कोहलपुरका खरिदार हरिचन्द्र पाण्डेसहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

बिज्ञापन

अख्तियारले आज दायर गरेको अभियोगपत्रमा पाण्डेसँगै अर्का खरिदार रतनबहादुर जिसी, लेखापढी व्यवसायी शान्ति पुन र तिवारी रेष्टुरेण्ट सञ्चालक घनश्याम तिवारी समावेश छन्।

बिज्ञापन

गत जेठ ९ गते आयोगको नेपालगञ्ज कार्यालयबाट खटिएको टोलीले कोहलपुर नगरपालिका–११ मा रहेको तिवारी रेष्टुरेण्टबाट खरिदार पाण्डे, लेखापढी व्यवसायी पुन र रेष्टुरेण्ट सञ्चालक तिवारीलाई २० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको थियो। अनुसन्धानपछि खरिदार जिसीको पनि संलग्नता पुष्टि भएको आयोगले जनाएको छ।

अख्तियारका अनुसार, उनीहरूले आपसी मिलेमतोमा एक सेवाग्राहीको जग्गाको मोठ (सीमा) भिडाउने काम सजिलो बनाइदिने भन्दै घुस लिएको प्रमाण भेटिएको छ। सेवाग्राहीबाट संकलित रकम बिचौलियामार्फत तिवारीमार्फत लिइएको र तिवारीको रेष्टुरेण्टमा राखिएको भेटिएको हो।

बिज्ञापन

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अनुसार उनीहरूलाई आरोपित गर्दै २० हजार रुपैयाँ बिगो कायम गरिएको छ। अभियोगपत्रमा कैद र जरिवाना दाबी गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्थानीय सरकारमध्ये पाणिनि गाउँपालिका अब्बल,यी हुन कासमूमा टप १० भित्र पर्न सफल पालिका

उपमहानगरपालिकाको कार्यसम्पादन रिर्पोट : बुटवल अब्बल,इटहरी सबैभन्दा कमजोर

कार्यसम्पादन मूल्यांकनमा विराटनगर सबैभन्दा अब्बल,काठमाडौं सबैभन्दा कमजोर

विवादित डम्बरु निरौला फेरि शक्तिको केन्द्रमा : मेयर पौडेलकै रोजाइमा जीतपुरसिमरा हाकिम

बिदा दुरुपयोगमा मुछिइन वैज्ञानिक,सरकारी सेवाबाटै बर्खास्त गर्ने तयारी

अब सातै प्रदेशमा महालेखाको कार्यालय,बागमतीमा सहसचिवको नेतृत्व,अन्यमा उपसचिव कमाण्डर

६ महिनामा सम्पत्ति शुद्धीकरणका ४५८ उजुरी,अनुसन्धान गर्न दक्ष जनशक्तिको अभाव

विमानस्थल क्षेत्रमा एक महिनासम्म पाँच जनाभन्दा बढी भेला निषेध

बिशेष