रेष्टुरेण्टबाट रंगेहात समातिएका खरिदारसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा

कोहलपुर, बाँके — मालपोत कार्यालय, कोहलपुरका खरिदार हरिचन्द्र पाण्डेसहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

बिज्ञापन

अख्तियारले आज दायर गरेको अभियोगपत्रमा पाण्डेसँगै अर्का खरिदार रतनबहादुर जिसी, लेखापढी व्यवसायी शान्ति पुन र तिवारी रेष्टुरेण्ट सञ्चालक घनश्याम तिवारी समावेश छन्।

बिज्ञापन

गत जेठ ९ गते आयोगको नेपालगञ्ज कार्यालयबाट खटिएको टोलीले कोहलपुर नगरपालिका–११ मा रहेको तिवारी रेष्टुरेण्टबाट खरिदार पाण्डे, लेखापढी व्यवसायी पुन र रेष्टुरेण्ट सञ्चालक तिवारीलाई २० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको थियो। अनुसन्धानपछि खरिदार जिसीको पनि संलग्नता पुष्टि भएको आयोगले जनाएको छ।

अख्तियारका अनुसार, उनीहरूले आपसी मिलेमतोमा एक सेवाग्राहीको जग्गाको मोठ (सीमा) भिडाउने काम सजिलो बनाइदिने भन्दै घुस लिएको प्रमाण भेटिएको छ। सेवाग्राहीबाट संकलित रकम बिचौलियामार्फत तिवारीमार्फत लिइएको र तिवारीको रेष्टुरेण्टमा राखिएको भेटिएको हो।

बिज्ञापन

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अनुसार उनीहरूलाई आरोपित गर्दै २० हजार रुपैयाँ बिगो कायम गरिएको छ। अभियोगपत्रमा कैद र जरिवाना दाबी गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष