संघीय निजामती सेवा विधेयकसम्बन्धि समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

अन्तत लामो रस्साकस्सी पछि संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धि समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ ।
गत २ जेठमा राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भएको उक्त विद्येयक एक महिना पछि आज प्रतिनिधिसभाका अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आजको बैठकमा प्रतिवेदन पेस गरेका हुन् ।

बिज्ञापन

यस अघि जेठ १४ गतेको बैठकमा नै पेस गर्ने तयारी थियो तर अन्तिममा कार्यसूचीमै हेरफेर गरिएपछि सो विद्येयक प्रतिनिधि सभामा पेश हुन सकेको थिएन । त्यस यता विपक्षीहरुको अवरोधका कारण पेश हुन सकेको थिएन । शुक्रवार प्रतिपक्षी प्रमुख माओवादीसँग २ बुँदे सहमति भएसँगै उसले सदनको अवरोध फिर्ता लिए पछि आज रास्वपा र राप्रपाका विरोधका बाबजुत पेलेरै सदन चलाइएको थियो र सोही बीच निजामती विधेयक पेश गरिएको हो ।

बिज्ञापन

प्रतिनिधि सभाको २०८१ जेठ १५ गतेको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवासर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि संशोधनसहित दफावार छलफलका लागि प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम सम्बन्धित समितिमा पठाउने निर्णय गरेको थियो । विधेयकमा १५३० वटा संशोधन प्रस्ताव परेको थियो । विधेयक प्रतिवेदन समितिबाट पारित गर्दासम्म समिति र उपसमिति गरी ४७ वटा बैठक सञ्चालन भएको थियो । सो बैठक पछि राज्य व्यवस्था तथा सुशासन समितिबाट २ जेठमा पारित भएको थियो ।

विधेयकमा समितिबाट अवकाश उमेर ५८ बाट ६० वर्ष पु¥याउने, कुलिङ पिरियड २ वर्ष राख्ने व्यवस्था गरिएको छ । यी दुई विषयमा विवाद रहँदै आएको थियो । सो विद्येयकका कतिपय प्रावधान उपर तल्ला तहका कर्मचारीहरुदेखि उपल्ला तहका कर्मचारीहरुसम्मले विरोध गर्दै आएका छन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फ्लाइङ कार’ को नाममा ड्रोन देखाएर प्रधानमन्त्री ओलीसम्म झुक्याइयो

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

नाडा अटो शोको बदनाम खेल—उड्ने कार भन्दै ड्रोन प्रदर्शन

सरकारी कर्मचारी काममा भन्दा बढी लोकसेवा पढ्नमा ब्यस्त देखिए: मन्त्री न्यौपाने

प्रकाशचन्द्र खतिवडाको कविता : साम्यवाद

पालिका अध्यक्षद्धारा गर्भवती महिलाको उद्धार

मन्त्री सुडी र सचिव बस्नेतबीच कार्यसम्पादन सम्झौता

शहरीमा भद्रगोल :दुई दर्जन कर्मचारी बरण्डामा, दर्जन कर्मचारीलाई दोहोरो जिम्मेवारी र निमित्त

बिशेष