उच्च अदालतमा ४ मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस,पाटनमा कुँवर

न्याय परिषद्ले उच्च अदालतमा ४ मुख्यन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।

बिज्ञापन

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा आज बसेको बैठकले न्यायाधीश लालबहादुर कुँवरलाई उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा नियुक्ति तथा पदस्थापन गरेको हो । कानुनमन्त्री अजयकुमार चौरसिया, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठ अधिवक्ताद्वय रामप्रसाद भण्डारी र दामोदर खड्का सदस्यका रहेको बैठकले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश राजनप्रसाद भट्टराईलाई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा, उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगाका न्यायाधीश हरिप्रसाद भण्डारीलाई उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशमा नियुक्तिसँगै पदस्थापन गरेको छ ।

बिज्ञापन

उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीलाई मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।

यस्तै न्याय परिषद्का अनुसार उच्च अदालत दिपायलमा नियुक्ति भई वैदेशिक रोजगार न्यायाधिकरणमा काजमा रहेका न्यायाधीश गोकर्ण डाँगीलाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्ज सरुवा गरिएको छ भने वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत पाटन, हेटौंडा इजलासमा कार्यरत न्यायाधीश डा शान्ता सेढाई सापकोटालाई तोक्न सिफारिस गरिएको छ ।

बिज्ञापन

यसअघि गत मंगलबार न्याय परिषद्ले सर्वोच्च अदालतमा ३ न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो। तीमध्ये २ जना उच्च अदालतका मुख्यन्यायाधीश थिए। मुख्य न्यायाधीशद्वय श्रीकान्त पौडेल र शान्ति सिंह थापा सर्वोच्चमा सिफारिस भएपछि उनीहरूको खाली स्थानमा समेत गरी नयाँ मुख्य न्यायाधीश सिफारिस गरिएको हो। उच्च अदालतमा २४ न्यायधीशको दरबन्दी रिक्त रहेको छ भने सर्वाेच्चमा १ पद रिक्त राखेर तीन जना न्यायधीशमात्र नियुक्ति सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दुर्गममा दरबन्दी, सुगममा काज,फन्दामा परे २१ कर्मचारी

८ मन्त्रालय र ७०१ दरबन्दी कटौती प्रस्ताव

स्वत स्फूर्त रूपमा भंग हुन थाले कर्मचारी संगठन

PIS update गर्ने सम्बन्धी राष्ट्रिय कितावखानाको बिशेष अनुरोध

प्रहरीले ‘ठगीमा पक्राउ’ गरेको व्यक्ति अहिले श्रम मन्त्रीको कुर्सीमा

एकै पटक चार सचिव रिक्त,कसरी हुन्छ उच्च प्रशासकको दरबन्दी कटौती र व्यवस्थापन ?

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई मन्त्रीको कडा चेतावनी : ” मार्ग प्रशस्त गर्नु, अर्को आउँछ”

६ सहसचिवको सरुवा,४ जनालाई खटाइयो उपमहानगरपालिका

बिशेष