२४ उच्च पदस्थ कर्मचारीको काज फिर्ता हुँदै

स्वास्थ्य जनसंख्या मन्त्रालयको काजमा रहेका २४ उच्च पदस्थ कर्मचारीहरु दरबन्दी रहेकै निकायमा फिर्ता हुने भएका छन् ।दरबन्दी अन्यन्त्र भए पनि मन्त्रालयमा कार्यरत रहँदै आएका ती कर्मचारीलाई उनीहरुको दरबन्दी भएकै निकायमा फिर्ता गरिएको हो ।

बिज्ञापन

मन्त्रालयका अनुसार कान्ति अस्पतालमा दरबन्दी रहेर मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा रहेका डा कृष्णप्रसाद पौडेल,वीर अस्पतालमा दरबन्दी रहेर स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख रहेका सरोज शर्मा,मोहन बस्नेत मन्त्री हुँदा दोहोरो तेहोरो जिम्मेवारमिा रहेका डा प्रकाश बुढाथोकी वीर अस्पतालमा फिर्ता हुने भएका हुन ।
यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको दबरन्दीमा रहेको डा अनुप बास्तोलाका अलवा १० औं तहका डा पुष्पराज पौडेल, डा सन्तोष मानन्धर, विमला नापित, हेमराज पुनमगर, रमेश प्रसाद जैशी, गोपाल पाण्डे, विशाल उपाध्याय, रोहित घिमिरे, डिल्लीराज आचार्य दरबन्दी भएकै कार्यालयमा फर्कन लागेका हुन ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्राचार पछि दरबन्दी दुर्गममा राखेर सिंहदरबार अर्थात सुगमममा कार्यरत गृहका ६ उपसचिवसहित ३७ कर्मचारीहरुलाई दरबन्दी रहेकै कार्यालयमा फिर्ता गराइएसँगै स्वास्थ्य मन्त्रालयले २४ उच्च पदस्थ कर्मचारीहरुलाई दरबन्दी रहेकै कार्यालयम फिर्ता गर्न लागेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

महिलालाई रात बिताउन प्रस्ताव गरेको आरोपमा न्यायाधीशमाथि छानबिन

बार्वरिक यात्रा

खरिदारदेखि सहसचिवसम्मका ११७ कर्मचारीको काज रद्ध,फर्काइयो दरबन्दी भएकै कार्यालयमा

ट्रायल फेल भएकाहरुलाई २५ हजारसम्म असुलेर लाइसेन्स,फन्दामा परे विचौलिया र कर्मचारी

उच्च अदालतमा ४ मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस,पाटनमा कुँवर

२४ उच्च पदस्थ कर्मचारीको काज फिर्ता हुँदै

यौनकाण्डमा मुछिएका यी कर्मचारी : जसले गिराएका छन्,निजामतीको ‘शाख’

परस्त्रीसँग रंगेहात पक्राउ परे मालपोतका कर्मचारी

बिशेष