भूमिसुधार तथा मालपोत कार्यलय सिरहाका एक कर्मचारी परस्त्रीसँग आपत्तिजनक अवस्थामा फेला परेका छन् । परस्त्रीसँग लहसिदैं आएको र आफूलाई दुख दिइरहेको उनको पत्नीको उजुरीको आधारमा प्रहरीले हिजो ती कर्मचारीलाई एउटा घरबाट नियन्त्रणमा लिएको हो ।
बिज्ञापन
सो कार्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत रहेका राजकुमार रायलाई महिलासँग आपत्ति जनक अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
बिज्ञापन
उनलाई हिजो दिउँसो सिरहास्थित एक घरबाट प्रहरीले आपत्ति जनक अवस्थामा महिलासहित पक्राउ गरेको हो। रायले परस्त्रीसँग सम्बन्ध राखेको र आफूलाई दुःख दिएको भनी उनकी पत्नीले प्रहरीमा उजुरी दिएकी थिईन। सोही उजुरीका आधारमा प्रहरीले प्रहरीले महिलासँगै उनलाई पक्राउ गरेको हो।
दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ। राय लामो समयदेखि सोही मालपोत कार्यालयमा कार्यरत छन् । उनी एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको जिल्ला अध्यक्ष समेत हुन ।
बिज्ञापन
राय नेपाल निजामती कर्मचारी संगठन सिरहाको ११ औ जिल्ला अधिवेशनले अध्यक्षमा चयन भएका थिए ।