यौन दुर्व्यवहारको आरोपमा काठमाडौं तानिए रसुवाका न्यायधीश र न्यायधिवक्ता

रसुवा जिल्ला अदालतका न्यायधीश र जिल्ला न्यायधिवक्ता काठमाडौं तानिएका छन् ।

बिज्ञापन

मुद्दा खेपिरहेकी एक महिलासँग अनैतिक प्रस्ताव राखेपछि रसुवाका न्यायाधीश भुवनसिंह थापा न्याय परिषद्मा तानिएका हुन् । यस्तै, यही प्रकरणमा जोडिएका जिल्ला न्यायधीवक्ता विमल थापा महान्यायधिवक्ताको कार्यालयमा तानिएका हुन ।

बिज्ञापन

हाल काठमाडौंमा बस्दै आएकी एक महिला,जो  बहुविवाहको मुद्दा खेपिरहेकी छिन् । ती महिलालाई सहवासको प्रस्ताव राखेको उजुरीपछि रसुवाका न्यायधीश र न्यायधिवक्तालाई काठमाडौं झिकाएर अनुसन्धान अगाडि बढाएको हो।

ती महिलाको पति  अहिले पनि रसुवा कारागारमा छन । सोही प्रकरणदेखि उनी सरकारी वकिलसँग चिनजानमा थिइन ।

बिज्ञापन

तर सरकारी वकिलले अनैतिक प्रस्ताव राखेको र उस्तै म्यासेज तथा कुराकानी न्यायधीशले समेत गरेको उजुरी बोकेर उनी रसुवा जिल्ला प्रहरी कार्यालयमा पुगेकी थिइन । जिल्ला प्रहरी कार्यालय रसुवामा कुनै उजुरी दर्ता नभएपछि उनी उजुरी बोकेर न्यायपरिषद् र महान्यायधिवक्तको कार्यालयमा पुगेसँगै केही दिन अगाडि नै रसुवा जिल्ला अदालतका न्यायधीश भुवनसिंह थापा र सरकारी वकिल विमल थापा महान्यायधिवक्तको कार्यालयमा तानिएका हुन ।

उजुरीमाथि प्रारम्भिक छानबिन हुँदा सम्पर्क गरेको पाइएपछि थापाद्धयलाई काठमाडौंमा तानेर अनुसन्धान सुरु गरिएको न्यायपरिषद् र महान्यायधिवक्ताको कार्यालयले पृष्टि गरेको छ ।
यद्यपि विहिबार  छलफलका लागि  महान्यायधिवक्ताको कार्यालयमा पुगेकी पीडित भनिएकी महिलाले बयान फेरेपछि सरकारी वकिलहरुले चकित भएका छन् ।

थापा तानिएपछि रसुवामा न्यायाधीश ध्रुव उप्रेतीलाई जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

खरिदारदेखि सहसचिवसम्मका ११७ कर्मचारीको काज रद्ध,फर्काइयो दरबन्दी भएकै कार्यालयमा

ट्रायल फेल भएकाहरुलाई २५ हजारसम्म असुलेर लाइसेन्स,फन्दामा परे विचौलिया र कर्मचारी

उच्च अदालतमा ४ मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस,पाटनमा कुँवर

२४ उच्च पदस्थ कर्मचारीको काज फिर्ता हुँदै

यौनकाण्डमा मुछिएका यी कर्मचारी : जसले गिराएका छन्,निजामतीको ‘शाख’

परस्त्रीसँग रंगेहात पक्राउ परे मालपोतका कर्मचारी

कुलिङ पिरियड आवश्यक छ, तर विवेकपूर्वक कार्यान्वयन हुनुपर्छ:- पूर्व अध्यक्ष मैनाली

अहंकारको बोझले दबिएको मानवीय मूल्य  

बिशेष