शाखा अधिकृत,लेखा अधिकृत,लेखापालसहित १० विरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृत,लेखा अधिकृत,लेखापाल,सब इञ्जिनियर,जिन्सी शाखा प्रमुखसहित १० जनालाई प्रतिवादी बनाएर मुद्धा दायर गरेको छ ।

बिज्ञापन

अख्तियारले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्य बत्ती खरिदका नाममा अनियमितता भएको ठहर सहित पालिकाको तत्कालीन अध्यक्ष विक्रम यादवसहितका शाखा अधिकृत,लेखा अधिकृतसहित १० जनालाई प्रतिवादी बनाएर आज विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

बिज्ञापन

चक्रघट्टा गाउँपालिकाले आ।व। २०७८/७९ मा गाउँपालिकाबाट सौर्य बत्ती जडान कार्यक्रमको लागि छुट्टयाइएको बजेट टुक्रा टुक्रा पारी खरिद गरेको कार्यमा अनियमितता भएको ठहर सहित अख्तियारले पालिकाको तत्कालीन अध्यक्ष यादवसँगै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबु प्रसाद साह, लेखा अधिकृत शिवशंकर प्रसाद कुशवाहा, लेखापाल सञ्जय कुमार ठाकुर, जिन्सी शाखा प्रमुख राम कैलाश राय यादव, सब इञ्जिनियरहरू सन्तोष राय र राजु राय सहित स्काई राइज ट्रेडिङ कन्सर्न, एसके स्टोर्स, जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको अभियोगमा मुद्धा विशेषमा दायर गरेको हो ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७८/ ७९ मा सौर्य बत्ती जडान योजनाका लागि छुट्याइएको दुई करोड १६ लाख रूपैयाँको बजेटलाई अनियमित ढंगले टुक्रा टुक्रा गरी पाँच वटा छुट्टाछुट्टै प्याकेजमार्फत खरिद प्रक्रिया अघि बढाइएको थियो । यस क्रममा स्वीकृत बजेटभन्दा ३७ लाख बढी रकम लागत अनुमान गरेर बोलपत्र आह्वान गरिएको थियो । आयोगले तत्कालीन पालिका अध्यक्ष यादवविरुद्ध २ करोड ४९ लाख ४० हजार ११० रूपैयाँ र निमित्त प्रमुख प्रशासकीय अधिकृत साहविरुद्ध पनि सोही बिगो कायम गरिएको छ ।

बिज्ञापन

लेखा अधिकृत कुशवाहाविरुद्ध ४७ लाख ५९ हजार ५६०, लेखापाल ठाकुर, जिन्सी शाखा यादव र सब इन्जिनियरद्वयविरुद्ध २ करोड ४९ लाख ४० हजार ११० रूपैयाँ नै बिगो कायम गरिएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एक सर्को बिँडी

कार्यसम्पादन मूल्यांकनमा रसुवाका ५ पालिका कालिका अब्बल,आमाछोदिङ्मोको बिजोग

लोकतान्त्रिक अभ्यासमा निर्वाचन आचारसंहिता, खर्च र नैतिक आचरण   

स्थानीय सरकारमध्ये पाणिनि गाउँपालिका अब्बल,यी हुन कासमूमा टप १० भित्र पर्न सफल पालिका

उपमहानगरपालिकाको कार्यसम्पादन रिर्पोट : बुटवल अब्बल,इटहरी सबैभन्दा कमजोर

कार्यसम्पादन मूल्यांकनमा विराटनगर सबैभन्दा अब्बल,काठमाडौं सबैभन्दा कमजोर

विवादित डम्बरु निरौला फेरि शक्तिको केन्द्रमा : मेयर पौडेलकै रोजाइमा जीतपुरसिमरा हाकिम

बिदा दुरुपयोगमा मुछिइन वैज्ञानिक,सरकारी सेवाबाटै बर्खास्त गर्ने तयारी

बिशेष