आलमलाई न्याय दिने न्यायाधीशमाथि मोसो प्रहार

 उच्च अदालत वीरगञ्जको अस्थायी इजलासमा कार्यरत न्यायाधीश खुसीराम थारुमाथि इजलासभित्रै मोसो छ्यापिने आपत्तिजनक घटना भएको छ। धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट कार्यकर्ताहरूको समूहले अदालतको मर्यादा भत्काउँदै इजलासमै पसेर न्यायाधीशमाथि दुर्व्यवहार गरेका हुन्।

बिज्ञापन

 

बिज्ञापन

‘जनताको विरुद्धमा फैसला गर्न पाउँदैन’ भन्दै नाराबाजीका साथ प्रवेश गरेका समूहले न्यायाधीश थारुमाथि मोसो हानेका थिए। न्यायालयभित्रै कानुनी प्रक्रियाविरुद्धको आक्रोशजन्य यस्तो हिंसात्मक व्यवहारले संविधानसम्मत न्याय प्रणालीप्रति गम्भीर आघात पुर्‍याएको छ।

 

बिज्ञापन

घटनापछि सक्रिय भएको प्रहरीले तत्कालै तीनजनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेमा गमु महतो, पदमबहादुर मगर र अभिनाष भनिने किशोर कुम्हाल रहेको स्रोतको भनाइ छ।

 

यस घटनाको पृष्ठभूमिमा जेठ १४ गते रौतहटमा भएको चर्चित राजपुर बम विष्फोट र हत्याकाण्डमा दोषी ठहर भई जिल्ला अदालतबाट जन्मकैद सजाय पाएका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई उच्च अदालत वीरगञ्ज इजलासले सफाइ दिएको फैसला रहेको छ। सोही फैसलापछि आक्रोशित बनेका नेकपा बहुमत निकटका कार्यकर्ताहरूले अदालतकै निर्णयविरुद्ध यस्तो आपराधिक क्रियाकलापमा उत्रिएको देखिन्छ।

 

न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको थियो। अदालतको फैसलाप्रति असन्तुष्टि जनाउने अधिकार सबैलाई भए पनि त्यसको अभिव्यक्ति हिंसात्मक शैलीमा हुनु गम्भीर कानुनी अपराध हो।

 

न्यायालयको गरिमा र स्वतन्त्रताको अपमान गर्दै गरिएको यो हमला आपराधिक, निन्दनीय र लोकतन्त्रविरोधी कार्यको रूपमा लिइएको छ। सुरक्षा निकाय र अदालत प्रशासनले यस घटनालाई गम्भीर रूपमा लिएको छ भने दोषीहरूलाई कानुनी दायरामा ल्याउने तयारी थालिएको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दुर्गममा दरबन्दी, सुगममा काज,फन्दामा परे २१ कर्मचारी

८ मन्त्रालय र ७०१ दरबन्दी कटौती प्रस्ताव

स्वत स्फूर्त रूपमा भंग हुन थाले कर्मचारी संगठन

PIS update गर्ने सम्बन्धी राष्ट्रिय कितावखानाको बिशेष अनुरोध

प्रहरीले ‘ठगीमा पक्राउ’ गरेको व्यक्ति अहिले श्रम मन्त्रीको कुर्सीमा

एकै पटक चार सचिव रिक्त,कसरी हुन्छ उच्च प्रशासकको दरबन्दी कटौती र व्यवस्थापन ?

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई मन्त्रीको कडा चेतावनी : ” मार्ग प्रशस्त गर्नु, अर्को आउँछ”

६ सहसचिवको सरुवा,४ जनालाई खटाइयो उपमहानगरपालिका

बिशेष