आलमलाई न्याय दिने न्यायाधीशमाथि मोसो प्रहार

 उच्च अदालत वीरगञ्जको अस्थायी इजलासमा कार्यरत न्यायाधीश खुसीराम थारुमाथि इजलासभित्रै मोसो छ्यापिने आपत्तिजनक घटना भएको छ। धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट कार्यकर्ताहरूको समूहले अदालतको मर्यादा भत्काउँदै इजलासमै पसेर न्यायाधीशमाथि दुर्व्यवहार गरेका हुन्।

बिज्ञापन

 

बिज्ञापन

‘जनताको विरुद्धमा फैसला गर्न पाउँदैन’ भन्दै नाराबाजीका साथ प्रवेश गरेका समूहले न्यायाधीश थारुमाथि मोसो हानेका थिए। न्यायालयभित्रै कानुनी प्रक्रियाविरुद्धको आक्रोशजन्य यस्तो हिंसात्मक व्यवहारले संविधानसम्मत न्याय प्रणालीप्रति गम्भीर आघात पुर्‍याएको छ।

 

बिज्ञापन

घटनापछि सक्रिय भएको प्रहरीले तत्कालै तीनजनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेमा गमु महतो, पदमबहादुर मगर र अभिनाष भनिने किशोर कुम्हाल रहेको स्रोतको भनाइ छ।

 

यस घटनाको पृष्ठभूमिमा जेठ १४ गते रौतहटमा भएको चर्चित राजपुर बम विष्फोट र हत्याकाण्डमा दोषी ठहर भई जिल्ला अदालतबाट जन्मकैद सजाय पाएका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई उच्च अदालत वीरगञ्ज इजलासले सफाइ दिएको फैसला रहेको छ। सोही फैसलापछि आक्रोशित बनेका नेकपा बहुमत निकटका कार्यकर्ताहरूले अदालतकै निर्णयविरुद्ध यस्तो आपराधिक क्रियाकलापमा उत्रिएको देखिन्छ।

 

न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको थियो। अदालतको फैसलाप्रति असन्तुष्टि जनाउने अधिकार सबैलाई भए पनि त्यसको अभिव्यक्ति हिंसात्मक शैलीमा हुनु गम्भीर कानुनी अपराध हो।

 

न्यायालयको गरिमा र स्वतन्त्रताको अपमान गर्दै गरिएको यो हमला आपराधिक, निन्दनीय र लोकतन्त्रविरोधी कार्यको रूपमा लिइएको छ। सुरक्षा निकाय र अदालत प्रशासनले यस घटनालाई गम्भीर रूपमा लिएको छ भने दोषीहरूलाई कानुनी दायरामा ल्याउने तयारी थालिएको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष