न्याय परिषद सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपाल सिफारिस

न्यायपरिषद्‌को सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपालको नाम सिफारिस भएको छ ।

बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषदको सदस्यमा महेश नेपालको नाम सिफारिस गरेका छन् । नेपालको संविधानको धारा १५३ अनुसार एकजना न्याय परिषद सदस्य प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ । संविधानमा प्रधानमन्त्रीको सिफारिसमा एक जना कानुनविद् न्यायपरिषद्को सदस्यमा नियुक्त हुने व्यवस्था छ ।

बिज्ञापन

न्यायपरिषद् सदस्य रामप्रसाद भण्डारीको चार वर्षे कार्यकाल १० असारमा सकिँदै छ । उक्त रिक्त हुने पदपूर्तिका लागि प्रधानमन्त्री ओलीले नेपाललाई न्यायपरिषद्को सदस्यमा सिफारिस गरेका हुन् ।

न्यायपरिषद् सदस्यमा सिफारिस भएका नेपालको संसदीय सुनुवाइ समितिमा सुनुवाइ हुनेछ । संसदीय सुनुवाइ समितिले नेपालको नाम अनुमोदन गरेपछि नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिने छ ।

बिज्ञापन

नेपाल बारको सिफारिसमा यसअघि नै वरिष्ठ अधिवक्ता दामोदर खड्का न्याय परिषदमा नियुक्त भइसकेका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिडियोको नाममा घुस असुल्नेहरु पक्राउ

आम आदमीसहित ६ राजनीतिक दल खारेज

शिक्षा मन्त्रालयका नक्कली शाखा अधिकृतको चर्तिकला

घर जान लागेका एसएसपीविरुद्ध भ्रष्टाचार मुद्दा

गाउँपालिकाका अध्यक्षका आफन्तको धमाधम अस्वाभाविक बढुवा, अख्तियारले माग्यो स्पष्टीकरण

संसद पुनस्थापना र सर्वदलीय सरकारको चर्चा बीच शीतल निवासमा तोडियो संवादहीनता

पूर्व गृहसचिव,आइजीपी र सहसचिवको स्थान हद फुकुवा

जाँचबुझ आयोगले पूर्व गृहमन्त्री लेखकलाई काट्यो पत्र,शुक्रवार बयान लिने तयारी

बिशेष