मालपोत कार्यालयमा ११ उपसचिवको सरुवा

  सरकारको तर्फबाट मालपोत कार्यालयमा कार्यरत ११ जना उपसचिवको जिम्मेवारी हेरफेर गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरुवासम्बन्धी निर्णय सार्वजनिक गर्दै विभिन्न जिल्लाका मालपोत कार्यालयमा कार्यरत उपसचिवहरूको कार्यक्षेत्र परिवर्तन गरेको हो।

बिज्ञापन

मन्त्रालयका अनुसार शेरबहादुर भण्डारीलाई धरान मालपोत कार्यालयबाट विराटनगर मालपोत कार्यालयमा खटाइएको छ। त्यसैगरी, दीपककुमार निरौला दमकबाट धुलिखेल मालपोतमा, दीपक कोइराला धुलिखेलबाट बेलबारी मालपोतमा सरुवा भएका छन्।

बिज्ञापन

मनोजकुमार शैनीलाई चितवनको खैरहनीबाट भैरहवा मालपोतमा, खेमनारायण पौडेललाई भैरहवाबाट बागलुङ मालपोतमा पठाइएको छ। मदन घिमिरे बेलबारीबाट इनरुवा मालपोतमा, र खिमानन्द आचार्य बागलुङबाट भूमि व्यवस्थापन तथा अभिलेख विभागमा तानिएका छन्।

यसैगरी, विष्णुप्रसाद निरौलालाई हरिवन सर्लाहीबाट धरान मालपोतमा खटाइएको छ भने लिलामणि न्यौपानेलाई चन्द्रगढी मालपोतबाट अन्यत्र पठाइएको मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै, राजेशप्रसाद पोखरेल चन्द्रगढीबाट हरिवन मालपोतमा र राजेन्द्रप्रसाद पौडेल कास्की लेखनाथबाट चितवनको खैरहनी मालपोत कार्यालयमा सरुवा भएका छन्।

बिज्ञापन

मन्त्रालयले सरुवालाई नियमित प्रशासनिक प्रक्रिया भन्दै कार्यसम्पादनमा थप प्रभावकारिता ल्याउने उद्देश्य राखिएको जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आन्तरिक राजस्व विभागद्वारा ६५ जना कम्प्युटर अपरेटरको सरुवा

सरकारको आम्दानीभन्दा खर्च १ खर्ब बढी, प्रशासनिक खर्च ऋणले धान्नुपर्ने अवस्थामा

चार्वाक दर्शनको दृष्ट्रिबाट वर्तमान नवीनतम राजनीतिक धार : एक विष्लेषण

रसुवाको भविष्य कसको हातमा ?

राष्ट्रिय तथ्यांक कार्यालयले माग्यो ४ हजार ४ सय जनशक्ति

रविको कमजोर मुद्धा यथावत,गम्भीर अपराधको मुद्धा फिर्ता

१० शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

२३ बर्षमा दोश्रो पटक फुट्यो काँग्रेस : विभाजनको मूल कारक देउवा

बिशेष