कर्मचारीकै स्वार्थले संघीय निजामती सेवा ऐन अलपत्र: पूर्व लोकसेवा अध्यक्ष मैनाली

काठमाडौं, जेठ २८ — संघीयता कार्यान्वयन भएको झन्डै एक दशक बितिसक्दा पनि संघीय निजामती सेवा ऐन आउन नसक्नुको मुख्य कारण कर्मचारी वर्गकै स्वार्थ रहेको लोकसेवा आयोगका पूर्व अध्यक्ष तथा पूर्व गृहसचिव उमेश मैनालीले बताएका छन्।

बिज्ञापन

उनका अनुसार ऐन बन्ने प्रक्रियामा राजनीतिक नेतृत्वभन्दा बढी बाधा निजामती कर्मचारीहरुकै आन्तरिक स्वार्थ, तहगत द्वन्द्व र संगठनगत प्रभावले पुगेको हो। “यो ऐन नआउनुमा प्रमुख दोष कर्मचारीहरू नै हुन्,” मैनालीले स्पष्ट शब्दमा भने, “कसैलाई कुलिङ पिरियड राख्न परेको छ, कसैलाई हटाउनु परेको छ, कसैलाई नायब सुब्बाको बढुवा प्रतिशत बढाउनु परेको छ—यी सबै आन्तरिक स्वार्थका बुँदाहरू हुन्।”

बिज्ञापन

पूर्व अध्यक्ष मैनालीका अनुसार राजनीतिक दल निकट कर्मचारी संगठनहरूबीचको प्रतिस्पर्धा र प्रभुत्वको होडले समेत ऐनको प्रक्रिया अवरुद्ध बनेको छ। “दल निकट कर्मचारी संगठनहरूको आफ्नै द्वन्द्व छ। नेतृत्व र संगठन कब्जाको लडाइँले सेवा ऐन बन्नै दिएको छैन,” उनले भने।

उनले कर्मचारीतन्त्रभित्र स्वार्थको जालो यति बलियो भएको उल्लेख गरे कि नीति निर्माणको प्रयास बारम्बार स्वार्थको पर्खालमा अड्किएको छ। “यो केवल राजनीतिक नेतृत्वले अवरोध गर्‍यो भनेर दोष दिने विषय होइन,” मैनालीले भने, “अहिलेको संकटको मूल जरो स्वयं कर्मचारीहरू भित्रै छ।”

बिज्ञापन

संघीय निजामती सेवा ऐन नआउँदा कर्मचारी समायोजन, सरुवा, बढुवा, तथा प्रशासनिक संरचना स्पष्ट हुन सकेको छैन। यसले संघीय शासन प्रणालीलाई अपूर्ण, अन्योलग्रस्त र अव्यवस्थित बनाएको भन्दै विज्ञहरू चिन्तित छन्।

पूर्व सचिव मैनालीको यो अभिव्यक्तिले कर्मचारीतन्त्रभित्रको सुधारको आवश्यकता र जिम्मेवारीबारे गम्भीर बहस सुरु गराउने संकेत देखिएको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष