अतिरिक्त सचिवमा बढुवा भए ढकाल र श्रेष्ठ

सरकारले १२ औं तहको अतिरिक्त सचिवमा डा. केशर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई बढुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले १२औं तहको अतिरिक्त सचिव पदमा बढुवा गरेको हो ।

बिज्ञापन

अहिले निजामती सेवा विद्येयकमा घुसाइएको अतिरिक्त सचिवको व्यवस्था स्वास्थ्य मन्त्रालयमा दुई बर्षदेखि नै राखिएको थियो । ०७९ साउन ६ गतेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्यमा चार जना अतिरिक्त सचिवको व्यवस्था गरेको थियो । यस अघि प्रमुख विशेषज्ञहरुलाई अतिरिक्त स्वास्थ्य सचिव बनाउने निर्णय गरेको थियो क्याविनेटले । धेरै समयअघि १२ औं तहका चिकित्सकलाई विशेष सचिव पद दिइएकोमा पछि परिवर्तन गरेर प्रमुख विशेषज्ञ हुँदै परिवर्तन गरेर अतिरिक्त सचिवको व्यवस्था गरेको हो ।

बिज्ञापन

सोही पद रिक्त हुन पुगे सँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रक्रिया अगाडि बढाएको थियो । गत १२ गते स्वास्थ्य सचिवका अत्तिरिक्त सचिव डा दीपेन्द्र रमण सिंह अवकाशमा गएसँगै र २१ फागुनमा डा विकास देवकोटा स्वास्थ्य सचिवमा उक्लिएसँगै मन्त्रालयमा दुई अतिरिक्त सचिव पद रिक्त हुन पुगेको थियो ।

मन्त्रालयले स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २५ (२) बमोजिम कार्य सम्पादन क्षमताको आधारमा बढुवा सिफारिस गरिने भएकाले गत असार मसान्तसम्म पाँच वर्ष सेवा अवधि पूरा भएका एघारौं तहका कर्मचारीहरुले आवेदन माग गरेको थियो । सोही माग अनुसार प्राप्त आवेदनहरुबाट बढुवा समितिले डा केशर ढकाल, डा श्रीकृष्ण श्रेष्ठ र डा सुधा देवकोटाको नाम सिफारिस गरेकोमा डा ढकाल र श्रेष्ठलाई अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ढिलो आउने र चाँडो निस्कने कर्मचारीको तलब काटिने

अबदेखि खाजाको समयमा पनि सेवा

सुशासन एकाइ गठन, संयोजक तोकिए सहसचिव तामाङ

दुर्गममा दरबन्दी, सुगममा काज,फन्दामा परे २१ कर्मचारी

८ मन्त्रालय र ७०१ दरबन्दी कटौती प्रस्ताव

स्वत स्फूर्त रूपमा भंग हुन थाले कर्मचारी संगठन

PIS update गर्ने सम्बन्धी राष्ट्रिय कितावखानाको बिशेष अनुरोध

प्रहरीले ‘ठगीमा पक्राउ’ गरेको व्यक्ति अहिले श्रम मन्त्रीको कुर्सीमा

बिशेष