अब म्यानपावर नविकरण गर्दा गुगल लोकेशन अनिवार्य

वैदेशिक रोजगार विभागले अबदेखि इजाजत प्राप्त सँस्था (म्यानपावर) नवीकरण गर्दा सँस्था रहेको डिजिटल ठेगाना खुल्ने गरी गुगल प्लस कोड उपलब्ध गराउनुपर्ने र सँस्थाको वेब साइटमा समेत अनिवार्य रुपमा राख्नुपर्ने प्राबधान गरेको छ।

बिज्ञापन

यसरी राखिएको लोकेशन अनुसार सो सँस्थामा जाने सेवाग्राही र विभागको अनुगमनमा समेत सहजता आउने र एक्काइसौं शताव्दीमा सूचना प्रविधिको उच्चतम् प्रयोग गर्नुपर्ने विभागले जनाएको छ। विभागले जेठ २६ गते प्रकाशन गरेको सूचनामा वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार नियमावली २०६४, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ एवम् प्रचलित कानून बमोजिम सम्बन्धित निकायमा दर्ता भई वार्षिक रुपमा नवीकरण गर्नुपर्ने वैदेशिक रोजगार सम्बन्धी काम गर्ने इजाजत प्राप्त संस्थाहरु, स्वीकृति प्राप्त शाखा कार्यालयहरु, अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरु, केयर गिभर सम्बन्धी सिप विकास तालिम प्रदायक संस्थाहरु, घरेलु कामदार सम्बन्धी सिप विकास तालिम प्रदायक संस्थाहरु, वैदेशिक रोजगारमा जाने कामदारहरुलाई सिपमूलक तालिम प्रदान गर्ने संस्थाहरु एवम् खास देश पठाउनको लागि सूचीकृत भएका संस्थाहरुले तत् तत् कानून बमोजिम तोकिएको समयावधि भित्र इजाजतपत्र/अनुमतिपत्र नवीकरण गर्नु हुन अनुरोध छ ।

बिज्ञापन

अन्यथा कानून बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशित गरेको छ । सो सूचनाको विस्तृत विवरण विभागको वेभसाइट www.dofe.gov.np मा प्राप्त गर्न सकिने विषय उल्लेख गर्दै नवीकरण गर्दा आवश्यक पर्ने आधारभूत कागजातको अतिरिक्त Google Plus Code एवं Google Location र मौजुदा सबै संचालक एवम् कार्यरत कर्मचारीहरुको विवरण समेत निवेदन साथ पेश गर्नु पर्ने व्यवस्था विभागले गरेको छ। विभागले यस अघिका वर्षहरुमा प्रत्येक वर्ष सूचना निकालेर कानूनमा भएको व्यवस्थालाइ आव्हान गर्ने गरेकोमा यस वर्षदेखि प्रचलित कानूनमा भएको प्रावधान बमोजिम सम्बन्धित सँस्थाले अद्यावधि गर्नुपर्ने विभागका महानिर्देशक कमल प्रसाद भटराइले जानकारी दिनुभयो। कानूनमा भएको व्यवस्था प्रत्येक वर्ष असार महिनाभित्र इजाजत प्राप्त सँस्था एवं अभिमूखीकरण तालिम प्रदायक सँस्था र असोज मसान्तभित्र म्यानपावरका शाखा कार्यालय नविकरण गरिसक्नुपर्ने भटराइले बताउनुभयो

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ढिलो आउने र चाँडो निस्कने कर्मचारीको तलब काटिने

अबदेखि खाजाको समयमा पनि सेवा

सुशासन एकाइ गठन, संयोजक तोकिए सहसचिव तामाङ

दुर्गममा दरबन्दी, सुगममा काज,फन्दामा परे २१ कर्मचारी

८ मन्त्रालय र ७०१ दरबन्दी कटौती प्रस्ताव

स्वत स्फूर्त रूपमा भंग हुन थाले कर्मचारी संगठन

PIS update गर्ने सम्बन्धी राष्ट्रिय कितावखानाको बिशेष अनुरोध

प्रहरीले ‘ठगीमा पक्राउ’ गरेको व्यक्ति अहिले श्रम मन्त्रीको कुर्सीमा

बिशेष