कर्मचारीहरू कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा

संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री हुनुपर्ने मागसहित देशभरका निजामती कर्मचारीहरू कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा उत्रिएका छन्। आन्दोलनको नेतृत्व संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समितिले लिएको छ।

बिज्ञापन

संघीय निजामती सेवा ऐन सम्बन्धी विधेयक गत जेठ २ गते प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भई संसद्मा पेश हुने तयारीमा रहेको छ। तर, विधेयकका केही प्रावधानप्रति आपत्ति जनाउँदै कर्मचारीहरूले तल्लो तहका राष्ट्रसेवकहरूको वृत्ति विकास (career development) मा बाधा पुग्ने ठहर गर्दै विरोध जनाएका छन्।

बिज्ञापन

नेपाल निजामती कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटुवालले कर्मचारी प्रेसलाई जानकारी दिँदै भने, “संघीय निजामती सेवा ऐनको मस्यौदा संसदमा दर्ता नहुँदासम्म हाम्रो विरोध कालोपट्टीमार्फत जारी रहनेछ। मस्यौदा संसदमा दर्ता भएपछि मात्रै आन्दोलनको थप कार्यक्रम तय हुनेछ।”

उनको भनाइ अनुसार, कर्मचारी संगठनहरू ऐनका केही प्रस्तावित प्रावधानहरूप्रति असन्तुष्ट छन्, जसले तल्लो तहका कर्मचारीहरूको वृत्ति विकासमा गम्भीर असर पार्ने खतरा देखिएको छ।आन्दोलन अन्तर्गत कर्मचारीहरू कार्यालयमा नियमित सेवा प्रवाह गर्दै कालोपट्टी बाँधेर आन्तरिक विरोध जनाइरहेका छन्। आन्दोलनले सेवा ठप्प पार्ने नभई दबाबमूलक तरिका अपनाउने रणनीति बनाएको आन्दोलन निर्देशक समितिले जनाएको छ। ट्रेड युनियनले तीनै तहका सरकारी कार्यालयहरूमा समान रूपमा आन्दोलन जारी राख्न सबै सदस्यलाई आह्वान गरेका छन्।

बिज्ञापन

यस आन्दोलनमा विभिन्न राजनीतिक धारमा आबद्ध कर्मचारी युनियनहरू सहभागी छन्। तीमध्ये प्रमुख युनियनहरूमा नेपाल कर्मचारी संगठन, नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन, माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्च रहेका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ढिलो आउने र चाँडो निस्कने कर्मचारीको तलब काटिने

अबदेखि खाजाको समयमा पनि सेवा

सुशासन एकाइ गठन, संयोजक तोकिए सहसचिव तामाङ

दुर्गममा दरबन्दी, सुगममा काज,फन्दामा परे २१ कर्मचारी

८ मन्त्रालय र ७०१ दरबन्दी कटौती प्रस्ताव

स्वत स्फूर्त रूपमा भंग हुन थाले कर्मचारी संगठन

PIS update गर्ने सम्बन्धी राष्ट्रिय कितावखानाको बिशेष अनुरोध

प्रहरीले ‘ठगीमा पक्राउ’ गरेको व्यक्ति अहिले श्रम मन्त्रीको कुर्सीमा

बिशेष