बैदेशिक रोजगारीमा सिन्डिकेट अन्त्य भएको छ: महानिर्देशक

काठमाडौं, २६ जेठ ।वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले वैदेशिक रोजगारीमा सीमित मेनपावर कम्पनीहरूको सिण्डिकेट बनाइएको भन्ने हल्ला पूर्णतः निराधार रहेको स्पष्ट पारेका छन्।

बिज्ञापन

आइतबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा महानिर्देशक भट्टराईले कानुनी रूपमा दर्ता तथा नविकरण भएका मेनपावर कम्पनीहरूलाई श्रम सम्झौता भएका मुलुकहरूसँग कारोबार गर्न सरकारले पूर्ण स्वतन्त्रता दिएको बताए। “वैदेशिक रोजगारीमा कुनै पनि अमुक मेनपावरलाई सिण्डिकेटको सुविधा दिइएको छैन, यस्तो हल्ला गलत हो,” उनले भने, “सरकार निष्पक्ष ढंगले सबै १ हजार ४३ दर्ता भएका कम्पनीहरूलाई काम गर्ने वातावरण दिएको छ।”

बिज्ञापन

उनले बजारमा फैलिएका अफवाहहरूप्रति सचेत रहन आग्रह गर्दै कानुन बमोजिम कारोबार गर्न मेनपावर व्यवसायीहरूलाई सुझावसमेत दिए। भट्टराईले भन्नुभयो, “बजारमा भइरहेका हल्लामा नलाग्नुस्, वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका चुनौतीहरू कानुनी ढंगले सामना गर्नु जरूरी छ।”

महानिर्देशक भट्टराईका अनुसार वैदेशिक रोजगारका लागि मान्यता प्राप्त १ हजार ४३ मेनपावर कम्पनीहरूको नामावली परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित देशका नेपाली दूतावासहरूमा पठाइसकिएको छ। जापानको सन्दर्भमा मात्रै ५ सय २२ संस्थाहरूको नाम जापानस्थित नेपाली दूतावासमा पठाइएको जानकारी दिए।

बिज्ञापन

भट्टराईले पछिल्लो समयमा वैदेशिक रोजगारीको नाममा ठगीका घटना बढेकोप्रति चिन्ता व्यक्त गर्दै आम सर्वसाधारणलाई केवल सरकारी मान्यता प्राप्त मेनपावरमार्फत मात्र विदेश जान आग्रह गरे। “अनौपचारिक माध्यमबाट विदेश जानेक्रममा धेरै नेपाली ठगिएका छन्, यस्ता घटनालाई निरुत्साहित गर्न सरकार गम्भीर छ,” उनले भने, “त्यसैले मान्यता प्राप्त कम्पनीमार्फत मात्र वैदेशिक रोजगारीमा जान जरुरी छ।”

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एक सर्को बिँडी

कार्यसम्पादन मूल्यांकनमा रसुवाका ५ पालिका कालिका अब्बल,आमाछोदिङ्मोको बिजोग

लोकतान्त्रिक अभ्यासमा निर्वाचन आचारसंहिता, खर्च र नैतिक आचरण   

स्थानीय सरकारमध्ये पाणिनि गाउँपालिका अब्बल,यी हुन कासमूमा टप १० भित्र पर्न सफल पालिका

उपमहानगरपालिकाको कार्यसम्पादन रिर्पोट : बुटवल अब्बल,इटहरी सबैभन्दा कमजोर

कार्यसम्पादन मूल्यांकनमा विराटनगर सबैभन्दा अब्बल,काठमाडौं सबैभन्दा कमजोर

विवादित डम्बरु निरौला फेरि शक्तिको केन्द्रमा : मेयर पौडेलकै रोजाइमा जीतपुरसिमरा हाकिम

बिदा दुरुपयोगमा मुछिइन वैज्ञानिक,सरकारी सेवाबाटै बर्खास्त गर्ने तयारी

बिशेष