आयल निगममा यसरी गरिन्छ इन्धन अपचलन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, कास्की प्रमुख चित्तरञ्जन दासलगायत विरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ । सीसीटीभी क्यामेरा बन्द गरेर बिलमा भन्दा बढी डिजेल लोड गरी निगमलाई हानि नोक्सानी पुर्‍याएको भन्दै  दाससहितका पाँचलाई प्रतिवादी बनाएर आज विशेषमा मुद्धा दायर गरिएको हो ।

बिज्ञापन

दाससमेतले टैंक/ट्रकमा १२ हजार  लिटर पेट्रोलियम पदार्थको अर्डर स्वीकृत भएपश्चात पश्चिमाञ्चल ट्रेडर्सले नेपाल आयल निगमको खातामा आईपीएस गरेर पैसा जम्मा गरेपछि बिल भौचर तयार भई पेट्रोलियम पदार्थ लिन पठाएका थिए ।​ डिप र सिल गर्ने जिम्मेवारीमा रहेका डिलर्स एसोसिएसनका प्रतिनिधि जगन्नाथ ढुंगाना र लक्ष्मण रानाभाटसँगको मिलेमतोमा बदनियत राखी सीसी क्यामरा बन्द गरी १२ हजार लिटर डिजेल लोड गर्नुपर्नेमा १५ हजार ३८ लिटर डिजेल लोड सिल गरेको अभियोगपत्रमा उल्लेख छ ।

बिज्ञापन

मिलेमतोमा बिलमा उल्लेख भएकोभन्दा बढी पेट्रोलियम पदार्थ डिजेल पठाएको उजुरीमा अनुसन्धानपछि विशेष अदालत काठमाडौंमा आज मुद्धा दायर गरिएको हो । पेट्रोलियम पदार्थको डिप र सिल गर्ने जिम्मेवारीमा रहेका डिलर्स एसोसिएसनका प्रतिनिधि जगन्नाथ ढुङ्गाना र लक्ष्मण रानाभाटसँग मिलेमतो गरी बदनियत राखी सिसी क्यामेरा बन्द गरेर बढी पेट्रोलियम पदार्थ पठाएको अख्तियारले जनाएको छ।

कुल १२ हजार लिटर डिजेल पठाउनुपर्नेमा १५ हजार ३८ लिटर पठाइएको र उक्त डिजेल बोकेको ट्याङ्कर पोखरा महानगरपालिका–२७ मा नियन्त्रणमा लिइएको थियो। बिलमा उल्लेख भएभन्दा बढी तीन हजार ३८ लिटर डिजेलको प्रतिलिटर मूल्य १४७ रुपैयाँ अनुसार चार लाख ४८ हजार ५२५ रुपैयाँ हिनामिना भएको आयोगको दाबी छ।

बिज्ञापन

आयोगले प्रमुख दास, पश्चिमाञ्चल ट्रेडर्सका सञ्चालक बाबुराम जमरकट्टेल, गण्डकी धौलागिरि पेट्रोलियम एसोसिएसनका तत्कालीन प्रतिनिधि ढुङ्गाना र रानाभाट, ट्याङ्कर चालक निर्मला थापाविरुद्ध जनही चार लाख ४८ हजार ५२५ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

घुस नदिन निर्माण व्यवसायीलाई मन्त्री लम्सालको निर्देशन, मागे सिधै जानकारी दिन आग्रह

कोदारीमा अराजकता : सरकारी टोलीमाथि दुर्व्यवहार, पहिरो नियन्त्रण प्रभावित

प्रारम्भ भयो ट्रेड युनियन खारेजीको अभियान : राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी यूनियन भङ्ग

मालपोत कार्यालयका प्रमुख,शाखा अधिकृत,नासुसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सुशासन मार्गचित्र २०८२ सार्वजनिक : डिजिटल शासन र भ्रष्टाचार नियन्त्रणमा जोड

नयाँ सरकारले खारेज गर्दैछ यी दुई महत्वपूर्ण विभाग

तीन पूर्व प्रधानमन्त्री र दुई मन्त्रीको सम्पत्ति छानबिन गर्दै सीआईबी

चलचित्र कलाकार संघमा दावाको दाबी

बिशेष