एकै पटक नेपाल टेलिकमका एक दर्जन उच्च प्रशासक निलम्बित

नेपाल टेलिकमका उच्च पदस्थ कर्मचारीहरु उपर अख्तियारले मुद्धा चलाएपछि ती स्वत निलम्बनमा परेका छन् । अख्तियारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दा अधिकांश कर्मचारीहरु परेका छन् ।अख्तियारले १८ जनालाई प्रतिवादी बनाउँदा अधिकांश नेपाल टेलिकमका उच्च प्रशासकहरु परेका छन ।

बिज्ञापन

अख्तियारले नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्कामा भएको घोटालामा विशेष अदालतमा आइतबार दायर गरेको अभियोगपत्रमा ३३ करोड ४८ लाख १७ हजार ४३० रूपैयाँ बिगो दाबी गरेको छ।
मुद्धा दायर भएको मध्ये पहाडी तत्कालीन प्रमुख व्यावसायिक अधिकृतको भूमिकामा थिइन । उनलाई ओली सरकारले नै प्रवन्ध निर्देशक बनाएको थियो । यस्का अलवा पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल, प्राविधिक प्रमुख प्रतिभा श्रेष्ठलाई समेत प्रतिवादी बनाएर आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।

बिज्ञापन

अख्तियारले प्रतिवादी बनाएकामध्ये प्राविधिक प्रमुख प्रतिभा श्रेष्ठ पनि अभियुक्त कायम भएका छन्। यस्तै राजेन्द्र श्रेष्ठ पनि टेलिकमकै डिएमडी हुन । धवीन्द्रलाल उपाध्याय अवकाशमा गइसकेका छन् । यस्तै देवेन्द्र खतिवडा, विनिता श्रेष्ठ, अमूल प्रधान, राजीवकुमार केसी, हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरी, मुक्तिप्रसाद अर्याल, शंकरकुमार श्रेष्ठ, परमात्मा भट्टराई, शैलेस श्रेष्ठ पनि यस मुद्दामा अभियुक्त कायम भएका छन्।

त्यस्तै, एक चिनियाँ कम्पनी, कम्पनीका सिनियर डाइरेक्टर लङ योङ, म्यानेजर हुवाङ ओईलाई पनि प्रतिवादी कायम गरेर मुद्दा चलाइएको छ ।
यही प्रकरणमा अख्तियारले डिल्ली अधिकारी,गंगा सागर मातन्छे लेखा प्रमुख,सविना मास्के लगायतलाई क्लिन चिट दिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एक सर्को बिँडी

कार्यसम्पादन मूल्यांकनमा रसुवाका ५ पालिका कालिका अब्बल,आमाछोदिङ्मोको बिजोग

लोकतान्त्रिक अभ्यासमा निर्वाचन आचारसंहिता, खर्च र नैतिक आचरण   

स्थानीय सरकारमध्ये पाणिनि गाउँपालिका अब्बल,यी हुन कासमूमा टप १० भित्र पर्न सफल पालिका

उपमहानगरपालिकाको कार्यसम्पादन रिर्पोट : बुटवल अब्बल,इटहरी सबैभन्दा कमजोर

कार्यसम्पादन मूल्यांकनमा विराटनगर सबैभन्दा अब्बल,काठमाडौं सबैभन्दा कमजोर

विवादित डम्बरु निरौला फेरि शक्तिको केन्द्रमा : मेयर पौडेलकै रोजाइमा जीतपुरसिमरा हाकिम

बिदा दुरुपयोगमा मुछिइन वैज्ञानिक,सरकारी सेवाबाटै बर्खास्त गर्ने तयारी

बिशेष