नेपाल टेलिकममा भ्रष्टाचार : प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध अख्तियारमा मुद्दा

काठमाडौं — नेपाल टेलिकममा ठूलाे आर्थिक अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालका प्रबन्ध निर्देशक संगीता पहाडी सहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

बिज्ञापन

अदालत स्रोतका अनुसार मुद्दा अहिले रुजु प्रक्रियामा रहेकाले दर्ता हुन भने बाँकी छ।

बिज्ञापन

अख्तियारले दायर गरेको आरोपपत्रमा टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल पनि प्रतिवादीको रूपमा समावेश छन्। भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दामा मुछिएपछि पौडेल निलम्बनमा परेका थिए। त्यसपछि सरकारले २०८१ साल भदौमा संगीता पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो।

आयोगले टेलिकमको बिलिङ प्रणाली लगायतका काममा भ्रष्टाचार गरिएको दाबी गर्दै पहाडीसहित १८ जनाविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बराबरको बिगो माग गर्दै मुद्दा दायर गरेको हो।

बिज्ञापन

यस प्रकरणले टेलिकमजस्तो राष्ट्रिय दूरसञ्चार संस्थाको पारदर्शिता र सुशासनप्रति गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एक सर्को बिँडी

कार्यसम्पादन मूल्यांकनमा रसुवाका ५ पालिका कालिका अब्बल,आमाछोदिङ्मोको बिजोग

लोकतान्त्रिक अभ्यासमा निर्वाचन आचारसंहिता, खर्च र नैतिक आचरण   

स्थानीय सरकारमध्ये पाणिनि गाउँपालिका अब्बल,यी हुन कासमूमा टप १० भित्र पर्न सफल पालिका

उपमहानगरपालिकाको कार्यसम्पादन रिर्पोट : बुटवल अब्बल,इटहरी सबैभन्दा कमजोर

कार्यसम्पादन मूल्यांकनमा विराटनगर सबैभन्दा अब्बल,काठमाडौं सबैभन्दा कमजोर

विवादित डम्बरु निरौला फेरि शक्तिको केन्द्रमा : मेयर पौडेलकै रोजाइमा जीतपुरसिमरा हाकिम

बिदा दुरुपयोगमा मुछिइन वैज्ञानिक,सरकारी सेवाबाटै बर्खास्त गर्ने तयारी

बिशेष