नेपाल टेलिकममा भ्रष्टाचार : प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध अख्तियारमा मुद्दा

काठमाडौं — नेपाल टेलिकममा ठूलाे आर्थिक अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालका प्रबन्ध निर्देशक संगीता पहाडी सहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

बिज्ञापन

अदालत स्रोतका अनुसार मुद्दा अहिले रुजु प्रक्रियामा रहेकाले दर्ता हुन भने बाँकी छ।

बिज्ञापन

अख्तियारले दायर गरेको आरोपपत्रमा टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल पनि प्रतिवादीको रूपमा समावेश छन्। भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दामा मुछिएपछि पौडेल निलम्बनमा परेका थिए। त्यसपछि सरकारले २०८१ साल भदौमा संगीता पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो।

आयोगले टेलिकमको बिलिङ प्रणाली लगायतका काममा भ्रष्टाचार गरिएको दाबी गर्दै पहाडीसहित १८ जनाविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बराबरको बिगो माग गर्दै मुद्दा दायर गरेको हो।

बिज्ञापन

यस प्रकरणले टेलिकमजस्तो राष्ट्रिय दूरसञ्चार संस्थाको पारदर्शिता र सुशासनप्रति गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिडियोको नाममा घुस असुल्नेहरु पक्राउ

आम आदमीसहित ६ राजनीतिक दल खारेज

शिक्षा मन्त्रालयका नक्कली शाखा अधिकृतको चर्तिकला

घर जान लागेका एसएसपीविरुद्ध भ्रष्टाचार मुद्दा

गाउँपालिकाका अध्यक्षका आफन्तको धमाधम अस्वाभाविक बढुवा, अख्तियारले माग्यो स्पष्टीकरण

संसद पुनस्थापना र सर्वदलीय सरकारको चर्चा बीच शीतल निवासमा तोडियो संवादहीनता

पूर्व गृहसचिव,आइजीपी र सहसचिवको स्थान हद फुकुवा

जाँचबुझ आयोगले पूर्व गृहमन्त्री लेखकलाई काट्यो पत्र,शुक्रवार बयान लिने तयारी

बिशेष