अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन सहरी तथा भवन आयोजना,रामेछापका तत्कालीन कार्यालय प्रमख सहित ६ विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।अख्तियारले सघन सहरी तथा भवन निर्माण आयोजना, रामेछापका तत्कालीन कार्यालय प्रमुखहरु अमर बहादुर थापा, नारायण प्रसाद भण्डारी, सुरेश कुमार वाग्लेसमेत ६ जना उपर कमिशन लिएको, गैरकानूनी लाभ तथा हानी, गैरकानूनी व्यापार व्यवसाय, सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको ठहरसहित उनीहरु विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो ।
बिज्ञापन
अख्तियारले एक पत्रकारविरुद्ध समेत भ्रष्टाचार मुद्धा चलाएको छ । रामेछाप, मन्थली नगर विकास समिति, मन्थली, रामेछापमा अस्थाई नायब सुब्बा पदमा कार्यरत टिका प्रसाद भट्टले एकै पटक सरकारी,गैरसरकारी गरी २१ वटा निकायमा काम गरी गैरकानुनी लाभहानी पुर्याएको भन्दै अख्तियारले उनलाई समेत प्रतिवादी बनाउँदै मुद्धा दायर गरेको छ ।
बिज्ञापन
नायब सुब्बा पदमा कार्यरत टिका प्रसाद भट्टले मन्थली नगर विकास समिति, रामेछापमा अस्थायी खरिदार पदमा छ महिनाको लागि शुरू नियुक्ति लिएकोमा नगर विकास समितिका पदाधिकारी समेतले अनिश्चितकालीन म्याद थप गरे/गराएको अख्तियारले जनाएको छ ।उनले अस्थायी खरिदार पदबाट नायब सुब्बा पदमा बढुवा लिनुका साथै अस्थायी कर्मचारीले स्थायी कर्मचारी सरह गैरकानूनी तवरबाट ग्रेड सुविधा लिएको, अनिश्चितकालीन म्याद थप साथै बढुवा समेत भएको अख्तियारको अनुसन्धानबाट खुलेको जनाइएको छ ।
उनले कान्तिपुर दैनिकको पूर्णकालीन स्थायी कर्मचारिको नियुक्ति लिई उक्त पब्लिकेशनबाट नियमित पारिश्रमिक तथा तलब सुविधा प्राप्त गरेको । मन्थली नगरपालिका, नगर कार्यापलिकाको कार्यालय मन्थली, रामेछापको पत्रानुसार मन्थली नगर विकास समितिमा कार्यरत भट्टले कार्यालय समय बाहेक अतिरिक्त समयमा अन्य कुनै पेशा तथा व्यवसाय गर्न अनुमती प्रदान गरेको अभिलेखमा नरहेको भन्ने विवरण प्राप्त भएको देखिन्छ। अख्तियारका अनुसार उनले कान्तिपुर पब्लिकेशन लि. साथै एकै समयमा कार्यालयमा हाजिरी रही रामेछाप जिल्ला स्थितका अन्य कार्यालयहरू र सिन्धुली जिल्ला स्थितका कार्यालयबाट राष्ट्रसेवक कर्मचारीको आफ्नो परिचय लुकाईरगोप्य राखी कान्तिपुर दैनिकको पत्रकारको हैसियतमा विभिन्न कार्यालयका कार्यालय प्रमुख तथा लेखा प्रमुखहरूलाई समेत प्रभाव, दबावमा पारी पत्रकारको हैसियतमा उक्त कार्यालयहरूबाट काज/भ्रमण तथा बैठकमा खटिई भत्ता बापतको रकम समेत लिई गैरकानूनी लाभ प्राप्त गरेको देखिन्छ।
बिज्ञापन
सोही समयमा मन्थली बचत तथा ऋण सहकारी संस्था लि। मन्थली, रामेछापको सञ्चालक समिति (कोषाध्यक्ष)को रूपमा कार्यरत रही उक्त बैठकमा समेत उपस्थित भई गैरकानूनी लाभ लिएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । भट्ट मिडाड नेपाल नामक विज्ञापन एजेन्सिको साईट मेनेजरर,स्थानीय प्रतिनिधिको रुपमा आफू कार्यरत कार्यालय सघन सहरी तथा भवन निर्माण आयोजना, रामेछापबाट विज्ञापन प्रकाशन गरी आफैंले कमिशन बापतको रकम समेत लिएको,यस्का अलवा उनले विभिन्न कार्यालयहरूका तत्कालीन कार्यालय प्रमुख र लेखा प्रमुखहरूलाई अनुचित प्रभावमा पारी उक्त कार्यालयहरूबाट सूचना प्रकाशन गरी मिडाड नेपाल मार्फत कमिशन लिएको, सिटिजन्स लाईफ ईन्स्योरेन्स लि.को एजेन्टको रुपमा समेत कार्य गरी भत्ता तथा अन्य सुविधा समेत लिएको देखिन्छ।
द भट्टले व्यवसाय गर्नु, सहकारीको सञ्चालक भई काम गरेर सुविधा लिनु, आफ्नो वास्तविक परिचय लुकाई पत्रकारको रूपमा विभिन्न कार्यालयहरू लाई दबाव र प्रभावमा पारी भ्रमण भत्ता तथा बैठक भत्ता लिनु र मिडाड नेपाल नामक विज्ञापन एजेन्सीमार्फत सूचना प्रकाशित गरे वापत कमिशन लिई सम्बन्धित सार्वजनिक संस्थामा दाखिला नगरेको,सिटिजन्स लाईफ ईन्स्योरेन्स कम्पनीको एजेन्टको रूपमा काम गरी रकम भुक्तानी समेत लिएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।
साथै, सघन सहरी तथा भवन निर्माण आयोजनाका तत्कालीन कार्यालय प्रमुखहरु अमर बहादुर थापा, नारायण प्रसाद भण्डारी, सुरेश कुमार वाग्ले, लेखा प्रमुखहरु यमलाल बेलवासे र सुरेश प्रसाद दाहालले प्रतिवादी टिका प्रसाद भट्टसँगको मिलोमतो तथा योजनामा गैरकानूनी तवरबाट आफ्नै कार्यालयबाट दोहोरो भत्ता लिएको देखिए पछि उनीविरुद्ध एक करोड पन्ध्र लाख चार हजार एक सय एघार रूपैंया गैरकानूनी लाभ प्राप्त गर्ने गराउने कार्य गरेको, गैरकानूनी तवरले कमिसन लिएको, गैरकानूनी व्यापार व्यवसाय गरेको र सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना हानिनोक्सानी गरी भ्रष्टाचार गरेको हुँदा उक्त कार्यमा संलग्न अन्य प्रतिवादीलाई समेत अख्तियारले मुद्धा दायर गरेको हो ।