अदालत छिर्यो अख्तियार : कपिलवस्तुका दुई कर्मचारी भ्रष्ट ठहर,नवलपरासीका कम्युटर अपरेटरविरुद्ध मुद्धा दायर

 

बिज्ञापन

अदालतका एक पछि अर्काे कर्मचारी अख्तियारको फन्दामा पर्न थालेका छन् । अख्तियारले पछिल्ला केही समय यता अदालतभित्र सक्रियता देखाएको छ ।

बिज्ञापन

गत कार्तिकमा मात्र जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्यूटर अपरेटर विकास पाण्डे २० हजार रुपैंया घुससहित पक्राउ परेका थिए । बेरितको बण्डा मुचुल्का बदर गरी पुनः बण्डा मुचुल्का गरिदिने तथा तारेख दिने भन्दै सेवाग्राहीसँग २० हजार घुस लिएको अबस्थामा तौलिहवा गौढीचोकस्थित एक चिया पसलबाट उनीहरुलाई २० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएर अख्तियारले गत मंसिर २१ मा विशेष अदालतमा मुद्धा दायर गरेकोमा अख्तियारले मुद्दा दायर गरेको दुई महिनापछि विशेषबाट फैसला आएको हो।

सो प्रकरणमा ती कर्मचारी दोषी (भ्रष्टाचारी) ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनीहरुले घुस मागेको र लिएको ठहर गर्दै उनीहरुलाई दश दश हजार रुपैंयाका दरले जरिवाना गर्ने आदेश गरेको थियो फागुनमा । विशेषले घुस रकम २० हजार रुपैयाँ रहेकोले उक्त रकम बिगो कायम गर्दै उक्त रकम जफत तथा दुवैजनालाई जनही १०–१० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ। यसैगरी, तहसिलदार मिश्रलाई दुई महिना र पाण्डेयलाई एक महिना कैद सजायसमेत सुनाइएको छ।

बिज्ञापन

यो प्रकरण मत्थर हुन नपाउँदै फेरि जिल्ला अदालत परासीमा कार्यरत एक कम्प्युटर अपरेटर २ लाख रुपैयाँ घुससहित पक्राउ परेका थिए,महिना दिन अगाडि । बुटवलबाट खटिएको अख्तियारको टोलीले राम लखनलाई पाल्हीनन्दनको बेलासपुर चोकबाट पक्राउ गरिएको थियो ।

सो अदालतमा कार्यरत कम्यूटर अपरेटर राम लखन बनियाँलाई दुई लाख घुससहित बुटवलस्थित अख्तियार कार्यालयले नियन्त्रणमा लिएको थियो । लागुऔषध मुद्दाको पुर्पक्षमा कारागार कार्यालय नवलपरासीमा रहेका सेवाग्राहीसँग छुटाइदिन सहजीकरण गर्ने भनी घुस लिएको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले नवलपरासीबाट ।

सो को एक महिना पछि अख्तियारले उनीविरुद्ध आज विशेषमा मुद्धा दायर गरेको हो । बनियाविरुद्ध बिगो बमोजिम २ लाख रूपैयाँ जरिवाना र कैद सजाय हुन मागदाबी लिई आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१३ करोड राख्ने बैंक खोज्दै विभाग

निजामती सेवा पुरस्कारका लागि नाम सिफारिस गर्न मन्त्रालयको परिपत्र

आफन्त भर्ति र सवारी दुरुपयोग गर्ने ऊर्जा आयोगका सहसचिव पौडेल भ्रष्टाचार मुद्दा लागेपछि निलम्बित

पूर्वीय सोच र मूल्यबाट सञ्चालित राज्य प्रणाली

अब स्थानीय तहले करार र ज्यालादारी कर्मचारी भर्ती गर्न नपाइने

‘चोरबाटो’ बाट प्रत्येक सांसदलाई २१ करोडको योजना

एक करोड हिनामिना प्रकरण : तत्कालीन कृषि सचिव सिंह भ्रष्टाचारी ठहर

दुई प्राविधिक र शिक्षा सेवाका एक सहसचिवको सरुवा

बिशेष