सडकमा कर्मचारी,सदनमा निजामती सेवा विद्येयक

सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ ।

बिज्ञापन

यस अघि विपक्षीहरुको आन्दोलनका कारण सदन सूचना टाँस गरेर स्थगित हुँदै आएकोमा आज प्रतिनिधि सभाको बैठक अपरान्ह १ बजे बस्न लागेको हो ।

बिज्ञापन

कार्यसूची अनुसार,आज राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्दैछन् ।

विधेयकमा भएका व्यवस्था उल्ट्याउन उच्च सरकारी कर्मचारी लागिपरेका थिए । कुलिङ पिरियड हटाउन, निजामती कर्मचारीले लोक सेवा तयारी कक्षा पढाउन उनीहरूको चर्को लबिङ गरिरहेका छन् । उता तल्ला तहका कर्मचारीहरु निरन्तर धर्ना र आन्दोलनमा छन् ।
अहिलेको विद्येयकले तल्ला तहका कर्मचारीको बृतिविकासमा अवरोध हुने भन्दै राजपत्र अनंकित तहका कर्मचारीहरु समेत संघर्षमा छन् । यही संघर्षका बीच विद्येयक प्रतिनिधि सभामा पेश हुन लागेको हो ।

बिज्ञापन

यस्तै कार्यसूचीमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र प्रस्तावमाथि छलफल हुँदैछ । विषयगत समितिमा सदस्य हेरफेर र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको ब्यहोरा सभामुख देवराज घिमिरेले जानकारी गराउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

यद्यपि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहेका विपक्षी दलहरूले ०६४ यताका सबै गृहमन्त्रीको कार्यकाल छानबिन गर्नुपर्ने प्रस्ताव राखेका छन् । ०६४ लागू भएपछिका सबै गृहमन्त्रीको कार्यकाल छानबिनका लागि सरकार तयार भए लेखकको राजीनामाको मागबाट पछि हट्ने प्रस्ताव राखेका छन् तर सत्तापक्ष उक्त मागमा सहमत नभएका कारण सदन चल्ने वा नचल्ने टुंगो छैन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एक सर्को बिँडी

कार्यसम्पादन मूल्यांकनमा रसुवाका ५ पालिका कालिका अब्बल,आमाछोदिङ्मोको बिजोग

लोकतान्त्रिक अभ्यासमा निर्वाचन आचारसंहिता, खर्च र नैतिक आचरण   

स्थानीय सरकारमध्ये पाणिनि गाउँपालिका अब्बल,यी हुन कासमूमा टप १० भित्र पर्न सफल पालिका

उपमहानगरपालिकाको कार्यसम्पादन रिर्पोट : बुटवल अब्बल,इटहरी सबैभन्दा कमजोर

कार्यसम्पादन मूल्यांकनमा विराटनगर सबैभन्दा अब्बल,काठमाडौं सबैभन्दा कमजोर

विवादित डम्बरु निरौला फेरि शक्तिको केन्द्रमा : मेयर पौडेलकै रोजाइमा जीतपुरसिमरा हाकिम

बिदा दुरुपयोगमा मुछिइन वैज्ञानिक,सरकारी सेवाबाटै बर्खास्त गर्ने तयारी

बिशेष