प्रतिनिधि सभामा संघीय निजामती सेवा विद्येयक पेश हुँदै

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्न लागेको हो ।

बिज्ञापन

आजको कार्यसूचीमा संघीय निजामती सेवा विद्येयक पेश हुने कार्यसूची रहेको छ । यस अघि गत बुधबार कार्यसूचीमा परेर पनि अन्तिममा हटाइएको थियो । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विद्येयक मंगलबार प्रतिनिधि सभामा पेश गरिने बताउँदै आएका थिए । कार्यसूचीको दोश्रो नम्बरमा संघीय निजामती सेवा विद्येयक परेको छ ।
यस अघि विद्येयकमा सभापति रामहरि खतिवडाले नै हस्ताक्षर नगरेको कारण प्रस्तुत हुन नसकेको बताइँदै आएको थियो । खतिवडा कुनै पनि हालतमा कुलिङ पिरियड राख्नुपर्ने पक्षमा छन् भने उच्च प्रशासकदेखि राजनीतिक नेतृत्वसमेत कुलिङ पिरियड नराख्ने पक्षमा छन्,त्यही कारण विद्येयकमा खतिवडाले हस्ताक्षरै नगरेको बताइन्छ तर खतिवडा यो कुरा स्वीर्कादैनन् ।

बिज्ञापन

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

त्यस्तै, दोश्रो नम्बरमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने कार्यसूची छ ।

बिज्ञापन

राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। साथै ‘प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्तावसमेत सभामा प्रस्तुत हुनेछ ।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरूले अवरोध गर्ने तयारी गरेकोले प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश गर्नेमा संशय कायमै छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष