यातायात व्यवसायीसँग वार्ता गर्न बन्यो समिति,संयोजक तोकिए सहसचिव पन्थ

सरकारले यातायात व्यवसायीसँग छलफल गर्नका लागि वार्ता समिति गठन गरेको छ । सोमबार गृह मन्त्रालयमा मन्त्री रमेश लेखक समेतको उपस्थितिमा विभिन्न मन्त्रालयका कर्मचारी र यातायात व्यवसायीका प्रतिनिधिहरूबीच भएको छलफलमा सहसचिवको संयोजकत्वमा वार्ता समिति गठन गर्ने सहमति भएको थियो ।

बिज्ञापन

गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा सडकमा उत्रिएका व्यवसायीसँगको छलफलका लागि सहसचिव कृष्ण पन्थको संयोजकत्वमा १२ सदस्यीय वार्ता समिति गठन गरेको छ ।

बिज्ञापन

पन्थ मन्त्रालयको पूर्वाधार निर्माण तथा यातायात महाशाखामा कार्यरत छन् । समितिमा सरकारका तर्फबाट विभिन्न मन्त्रालयबाट आठ जना र यातायात व्यवसायी तथा मजदुरको तर्फबाट चारजना सदस्य रहने छन् ।

वार्ता गर्न समिति गठन भए पनि यातायात व्यवसायीहरूले आफ्नो आन्दोलनलाई जारी राखेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष