६ सहसचिवको सरुवा हुँदा दुई तानिए बरण्डामा

गृह मन्त्रालयले ६ जना सहसचिवहरुको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट ती सहसचिवहरुको सरुवा भएको हो । गृहले गरेको सरुवामा चार जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु परिवर्तन भएका छन् ।

बिज्ञापन

गृह मन्त्रालयका बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई सरुवा गरेर कास्की पठाइएको छ । केही महिना अगाडि कास्की पुगेका भरतमणि पाण्डेलाई मन्त्रालयमा तानिएका छन् । यस्तै,गृहको बरण्डामा रहेका सुरेन्द्र पौडेललाई बर्दियाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन् भने शंकरहरि शर्मालाई धनुषाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाउँदा रामुराज कडरीया त्यहाँबाट मन्त्रालयमा तानिएको छ ।

बिज्ञापन

यस अघि नवलपरासीको प्रमुख जिल्ला अधिकारी रहेर लामो समय करण्डामा थन्काइएका अरुण पोखरेललाई पाँचथरको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तीन दिनभित्र अतिरिक्त समूहमा रहेका कर्मचारीलाई जिम्मेवारी दिएर खटाउन परिपत्र गरेसँगै मन्त्रालयले गृहका बरण्डामा रहेका सहसचिव र शाखा अधिकृतहरुलाई जिम्मेवारी दिएर खटाएको हो ।गृहले अतिरिक्त समूहमा रहेका चार सहसचिवको व्यवस्थापन गर्दा २ सहसचिव फेरि बरण्डामै (अतिरिक्त समूह) तानिएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष