कर्मचारी बस्न एक लाख भवन-अपार्टमेन्ट बनाइने

सरकारले निजामती कर्मचारी,सुरक्षाकर्मी र शिक्षक कर्मचारीलाई भवन तथा अर्पाटमेन्ट बनाइदिने भएको छ । सरकारले सातै प्रदेशमा कर्मचारी,सुरक्षाकर्मी,शिक्षकहरुलाई लक्षित गर्दै एक लाख भवन तथा अर्पाटमेन्ट बनाउने भएको हो ।

बिज्ञापन

अर्थमन्त्री विष्णु पौडेलले हिजो सार्वजनिक गरेको वजेट वक्तव्यको ३५० नम्बरको बुँदामा कर्मचारीहरुलाई आवास कार्यक्रम सञ्चालन गर्ने बताइएको हो । कर्मचारी सञ्चय कोषलगायत अवकाश कोषहरूको अग्रसरता र निजी क्षेत्रको सहभागितमा सुलभ आवास कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका हुन्,अर्थमन्त्री पौडेलले ।

बिज्ञापन

आर्थिक वर्ष २०८२/ ८३ को बजेटमा सबै प्रदेशका प्रमुख सहरी केन्द्रमा एक लाख भवन तथा अपार्टमेन्ट निर्माण गरी निजामती, सुरक्षाकर्मी र शिक्षक कर्मचारीलाई सहुलियतपूर्ण ब्याजदर र किस्ताबन्दीमा उपलब्ध गराउने व्यवस्था गरेको हो।

बिज्ञापन

सरकारले निर्माण गर्ने अपार्टमेन्ट वा घर कर्मचारीले सुलभ ब्याज दरमा उपभोग गर्न पाउने छन्।

कर्मचारी सञ्चयकोष लगायत अवकाश कोषहरूको अग्रसरता र निजी क्षेत्रको सहभागितमा सुलभ आवास कार्यक्रम सञ्चालन गरिने अर्थमन्त्री पौडेलले जनाएका छन् । यस अन्तर्गत सातै प्रदेशका प्रमुख शहरी केन्द्रहरूमा एक लाख भवन तथा अपार्टमेन्ट निर्माण गरी निजामती, सुरक्षाकर्मी र शिक्षक कर्मचारीलाई सहुलियतपूर्ण ब्याजदर र किस्ताबन्दीमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कता हाल्लान ५ लाख ४५ हजार सुरक्षाकर्मी र निजामती कर्मचारीले मत ?

एक सर्को बिँडी

कार्यसम्पादन मूल्यांकनमा रसुवाका ५ पालिका कालिका अब्बल,आमाछोदिङ्मोको बिजोग

लोकतान्त्रिक अभ्यासमा निर्वाचन आचारसंहिता, खर्च र नैतिक आचरण   

स्थानीय सरकारमध्ये पाणिनि गाउँपालिका अब्बल,यी हुन कासमूमा टप १० भित्र पर्न सफल पालिका

उपमहानगरपालिकाको कार्यसम्पादन रिर्पोट : बुटवल अब्बल,इटहरी सबैभन्दा कमजोर

कार्यसम्पादन मूल्यांकनमा विराटनगर सबैभन्दा अब्बल,काठमाडौं सबैभन्दा कमजोर

विवादित डम्बरु निरौला फेरि शक्तिको केन्द्रमा : मेयर पौडेलकै रोजाइमा जीतपुरसिमरा हाकिम

बिशेष