बजेटले हतोत्साहित राष्ट्रसेवक,मारमा करार सेवाका कर्मचारी र पेन्सन होल्डर

सरकारले राष्ट्रसेवक कर्मचारीहरुलाई बजेटमार्फत हतोत्साहित बनाएको छ ।

बिज्ञापन

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट पेश गर्दा निजामती, सेना, प्रहरी, शिक्षकलगायत सरकारी कर्मचारीहरुलाई निरुत्साहित बनाएका हुन । कर्मचारीहरुले यस बर्ष तलब बढ्ने आशामा थिए तर कर्मचारीलाई हाल दिइदैं आएको दुई हजार महँगी भत्तालाई तीन हजार थपेर पाँच हजार पुर्याइएको छ ।

बिज्ञापन

औसतमा दुई वर्षमा तलब बढाउने भए पनि स्रोतमा चाप परेको कारण देखाउँदै यस बर्ष पनि कर्मचारीको तलब बढाइएन बरु हाल दुई हजार भत्ता पाइरहेका बहालवाला कर्मचारीहरुलाई थप तीन हजार भत्ता पाउने भएका छन् । यस अघि ०७९ मा सरकारले कर्मचारीको तलब १५ प्रतिशतले बढाएको थियो। त्यस अघि ०७३/ ७४ मा विष्णु पौडेलले अर्थमन्त्री हुँदा २५ प्रतिशत तलब वृद्धिको निर्णय गरेका थिए। जुन हालसम्मकै उच्च बृद्धि हो । यस पटक अर्थमन्त्रीको कुर्सीमा उनै पौडेल थिए र कर्मचारीहरुको तलब बढ्ने आशामा थिए तर सामाजिक सुरक्षाका नाममा बर्षेनी अर्बौ रकम खर्च हुँदै आएको भन्दै सरकारले बहालवाला कर्मचारीले मात्र सुविधा पाउने गरी उनीहरुलाई तीन हजार भत्ता पाउने भएका छन । यस्तै बृद्धभत्ता पाउने उमेर पनि २ बर्ष बढाएर ७० पुर्याइएको छ ।

बिज्ञापन

सरकारले कर्मचारीको भत्तामात्र बढाउँदा थप १० अर्ब ८४ करोड रुपैयाँ भार पर्ने भएको छ । अर्थका अधिकारीहरुका अनुसार मंहगी भत्ता शीर्षकमा २१ अर्ब ८७ करोड रुपैयाँ खर्च हुने भएको छ।यस्तै पारिश्रमिकतामा १ खर्ब २७ अर्ब रुपैयाँ छुट्टाइएको छ । तलब स्केल बढाएको अवस्थामा पेन्सनप्राप्त कर्मचारी वा तिनका परिवारलाई तीन भागको दुई भाग प्रदान गर्नुपर्ने हुन्छ । तलबस्केल बढेमा कर्मचारीको ग्रेड रकममा समेत वृद्धि हुने भएकाले सरकारले महँगी भत्तामा जोड दिएको हो ।

बहालवाला कर्मचारीहरुका लागि तीन हजार भत्ता बढाइँदा पेन्सन होल्डर र करार सेवाका कर्मचारीहरु मर्कामा पर्ने भएका छन् ।

यता सरकारले हाल कायम रहेको तलबमान र सुविधा अध्ययन गर्न एउटा कमिटी गर्ने जानकारी दिइएको छ । सरकारले सबै निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीको सेवा सुविधामा एकरुपता ल्याउन सिफारिस समिति गठन गर्ने भएको छ । राज्यकोषबाट सुविधा प्राप्त गर्ने प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक निकायका पदाधिकारी तथा कर्मचारीको सेवा सुविधा पुनरवलोकन गरी एकरुपता ल्याइने बजेटमा उल्लेख गरिएको छ । यसका लागि ३ महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न सिफारिस समिति गठन गरिने उल्लेख छ,यसलाई राष्ट्रसेवकहरुले आँखामो छारो हाल्ने उपायका रुपमा अर्थाएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्य प्रशासनको स्थानीय तहलाई परिपत्र : समुदायलाई मनसुनजन्य विपद्प्रति जागरुक बनाउनु

भिजिट भिसा प्रकरणमा अनुसन्धान गरिरहेका डिआइजीको अख्तियारबाट सरुवा

नेपाल प्रहरीका ११ डीआईजीको पदस्थापना,को कहाँ ?

परीक्षामा सहभागी नै नभई घरैमा कार र जीपको सवारी लाइसेन्स,अख्तियारले चलायो ४ विरुद्ध मुद्धा

आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध न्यायपरिषद्मा उजुरी

आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

निजामती कर्मचारीलाई छात्रवृत्तिमा वैदेशिक अध्ययनमा जाने अवसर, असार १ सम्म आवेदनको ‘टाइमलाइन’

माओवादीले सदन चल्न नदिने गृहमन्त्रीको राजीनामा ‘बटमलाइन’

बिशेष