वृद्धभत्ता पाउन अब ७० वर्ष पुग्नपर्ने

सरकारले वृद्धभत्ता पाउने उमेर बढाएको छ । हाल ६८ वर्षमा दिइँदै आएको बजेटको उमेर बढाएर ७० वर्ष पुर्‍याइएको हो । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् ।

बिज्ञापन

यो सँगै अब ७० वर्षमा मात्रै वृद्धभत्ता पाइने भएको छ । हाल भत्ता पाइरहेकाहरुले भने निरन्तरता पाउने छन् ।

बिज्ञापन

२०५१ सालमा मनमोहन अधिकारी सरकारले ७५ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई प्रतिमहिना १ सय रूपैयाँ सामाजिक सुरक्षा भत्ता दिन सुरू गरेको थियो। २०६१ मा वृद्धभत्ता १ सय ७५ रूपैयाँ पुर्‍याइएको थियो। त्यसपछि २०६७ सालमा जेष्ठ नागरिकको परिभाषा परिमार्जन गर्दै ७० वर्षमा झारिएको थियो। २०६९ सालमा वृद्धभत्ता ५ सय पुगेको छ।

२०७२ सालमा नेपाली कांग्रेस सरकारले एक हजार पुर्‍याएको थियो भने २०७३ सालमा तत्कालीन एमाले सरकारले २ हजार पुर्‍याएको थियो ।  सरकारले सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमार्फत् यसबारे जानकारी गराएका हुन् । छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने पनि उनले घोषणा गरे ।

बिज्ञापन

सबै सामाजिक सुरक्षामा आबद्ध हुन क्रमशः राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने उनले बजेट पढेर सुनाउँदै जानकारी गराए ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बर्दिया डिस्टिलरीको ४० करोड मुद्दा कता हरायो? विभाग मौन, अपराधी निर्भीक

सबै जग्गा धनीले नयाँ श्रेष्ता बनाउनुपर्ने,मालपोतले माग्यो यी १० प्रमाण

अनियमित भुक्तानीको दबाब नटेकेपछि लेखा अधिकृतमाथि कालोमोसो हमला

७ दिनभित्र प्रमुख प्रशासकीय अधिकृतलाई रमाना दिन संघीय मामिला मन्त्रालयको निर्देशन

दक्षिण एशियामै नेपालको आर्थिक बृद्धिदर कमजोर,आगामी बर्ष २ दशमलव १ प्रतिशतमा सीमित रहने प्रक्षेपण

बाढी पहिरोपीडितलाई अस्थायी आवास बनाउन तत्काल ५० हजार अनुदान

सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकमा ठाकुर

मन्त्री नभएको मौका छोपेर सयौं कर्मचारीको गुपचुप सरुवा,अत्याचार भयो भन्दै प्रम कार्यालयमा पुग्यो उजुरी

बिशेष