अधिकृत निलम्बनमा,तहसिलदारको दुई ग्रेड रोक्का

सर्वोच्च अदालत प्रशासनले दुई कर्मचारीमाथि कारवाही गरेको छ । अदालतले सर्वाेच्चमै कार्यरत शाखा अधिकृत र मोरङ जिल्ला अदालतका तहसिलदारमाथि विभागीय कारवाही गरेको हो ।

बिज्ञापन

पदीय आचरण र अनुशासनविहिन काम गरेको भन्दै अदालत प्रशासनले महिमान सिंह विष्टलाई निलम्बन गरेको छ । उनलाई निजामती ऐन अनुसार उनलाई निलम्बन गरेको जनाएको छ ।

बिज्ञापन

विष्ट तिनै अधिकृत हुन,जस्ले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउका लागि प्रहरीलाई अनधिकृत पत्र लेखेका थिए ।

विष्टले लेखेको अनाधिकृत पत्रकै कारण  रेशमलाई जनमत पार्टी र उन्मुक्तिको पार्टी एकीकरण कार्यक्रमस्थलबाट पक्राउ गरिएको थियो । त्यसपछि केही घण्टा डिल्लीबजार कारागारमा राखियो । विष्टको पत्र गैरकानुनी भएको ठहरपछि प्रहरीले चौधरीलाई थुनामुक्त गरेर विष्टलाई नै हिरासतमा लिएको थियो । वैशाख १७ गते पक्राउ परेका उनी जेठ ५ गते अदालतबाट धरौटीमा छुटेका थिए काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासबाट ।

बिज्ञापन

अदालतबाट धरौटीमा छुटेको साता दिन पछि सर्वोच्च अदालतले उनलाई निलम्बन गरेको हो ।  सर्वोच्च अदालत प्रशासनले विष्टलाई विभागीय कारबाही स्वरुप तत्काल निलम्बन गरी जाँचबुझ अगाडि बढाएको हो । विष्टले पदीय मर्यादा विपरित अनुशासनहीन काम गरेको आरोप लगाउँदै विभागीय सजाय गर्ने प्रयोजनका लागि स्पष्टीकरण सोध्दै तत्काल निलम्बनको निर्णय गरेको हो।

जाँचबुझ गर्दा दोषी देखिएमा उनी सरकारी सेवाबाट हट्ने छन् । निजामती सेवा ऐनको दफा ६१ मा कुनै कर्मचारीले अनुशासनहीन काम गरेमा सेवाबाट हटाउन सकिने व्यवस्था छ । यसरी सेवाबाट हटाउनुअघि आरोपित कर्मचारीलाई निलम्बन गरी जाँचबुझ गर्न सकिने दफा ६४ मा उल्लेख छ ।

यसैबीच सर्वाेच्च अदालतले मोरङ जिल्ला अदालतका तहसिलदार हरिप्रसाद गुरागाईको २ ग्रेट रोक्का राख्ने निर्णय गरेको छ । मुद्दाको अन्तिम टुंगो नलाग्दै बरामद भएको सुन फिर्ता गर्न नेपाल राष्ट्र बैंकलाई आदेश दिएको पाइएपछि उनलाई छानबिनका लागि सर्वोच्च झिकाइएकोमा अदालतले उनको २ ग्रेड रोक्का राख्न् निर्णय गरेको हो ।

उनले लेखेको पत्र कानुनीविपरीत देखिएपछि सर्वोच्च अदालत प्रशासनले न्याय सेवा आयोगको परामर्शमा उनको २ ग्रेड रोक्का राख्ने निर्णय भएको हो।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मालपोत डिल्लीबजारमा बिचौलिया हावी, मन्त्रीको आक्रोश : ‘अफिस चलाउने हो कि बिचौलिया ?

सचिवसँग ६ र सहसचिवसँग १० लाख धरौटी माग

५ उपसचिवसहित ५४ अधिकृतहरुको सरुवा

उद्योग मन्त्रालयमा स्थायी कर्मचारीकै यस्तो दुर्दशा

सहरी विकास मन्त्रालयका सचिवको कार्यशैलीविरुद्ध पाँच घण्टा धर्ना

एक सय दिनका १०१ उपलव्धी सार्वजनिक गर्दै मन्त्री घिसिङले गरे राजीनामाको संकेत

उपसचिव,सह लेखापालसहित तीनविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियारमै बसेको सहसचिवलाई त्रिवि अध्यागमनमा खटाउँदा समेत रोकिएन विकृती

बिशेष