भन्सार प्रमुख कुटपिटको भन्सार विभागका कर्मचारीद्वारा विरोध

शनिवार राति कैलाली भन्सारका प्रमुख भन्सार अधिकृत अनन्तप्रसाद तिमिल्सिनामाथि भएको संघातिक हमलाको भन्सार विभागका कर्मचारीहरुले घोर भर्सना गरि विरोध जनाएका छ। कार्यालय परिसर भित्र कर्मचारीहरुलाई आवश्यक निर्देशन दिई आवास तर्फ फर्कने क्रममा भन्सार प्रमुख माथि लक्ष्मणसिंह धामी लगायतका केही अराजक हुलजत्थाहरुको समुहले विनाकारण निर्घात कुटपिट गरेको विरोधमा भन्सार विभागमा सेवारत कर्मचारीहरुले जिउज्यानको सुरक्षाको माग गर्दै विरोधका कार्यक्रम गरेका छन। उनीहरुले १२ घण्टा भित्र दोषी उपर कडा कानुनी कारवाही गर्न माग गर्दै विरोधमा उत्रिएका हुन। साथै उनीहरुले दोषी उपर उचित कानुनी कारवाही नभए विभाग र अन्तर्गतका कार्यालयहरुबाट हुने सेवा प्रवाह ठप्प पार्ने चेतावनी दिएका छन।

बिज्ञापन

उक्त दिन कार्यालय प्रमुख तिम्सिनालाई लक्ष्मणसिंह धामी लगाएतका व्यक्तिहरुले भौतिक रुपमा कुटपिट गरेको सिसिटिभि फुटेज तथा भिडियो सार्वजनिक भैरहदा समेत हालसम्म कुनै कारवाही नभएको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन। जीउ ज्यानको सुरक्षाको प्रत्याभूत गरी भविष्यमा समेत अराजक गतिविधिहरु हुन नदिने प्रतिवद्धता र दोषी उपर कारवाही नभएमा चरणबद्ध रुपमा थप आन्दोलन गरिने वताएका छन।भन्सार सेवा नेपाल सरकारको अत्यावश्यक सेवा अन्तर्गत पर्ने र कामको प्रकृति अनुसार २४ सै घण्टा ड्युटीमा खटिनु पर्ने समेत हुदा सुरक्षा निकायहरुबाट समेत आवश्यक सुरक्षाको प्रत्याभूत नभएको गुनासो समेत कर्मचारीहरुले सुनाए।

बिज्ञापन

बजेटको पूर्व सन्ध्यामा र आर्थिक वर्षको अन्त्यतिर राज्यले तोकेको राजस्वको लक्ष्य पुरा गर्न अहोरात्र खटिने कर्माचारी उपर भन्सार परिसर भित्र हुने यस्ता गतिविधिहरुले कर्मचारीको मनोवल गिर्ने र सोबाट राजस्व संकलन समेत प्रभावित हुन सक्ने विभागका एक अधिकारीले वताए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष