भिजिट भिसा प्रकरण : शंकाको घेरामा सचिव र सचिवालयका कर्मचारी

भिजिट भिसा प्रकरणमा सहसचिव तिर्थ भट्टराई पक्राउ परेसँगै लहरो तान्दा पहरो थर्कने स्थिति बनेको छ । भूमिमा हुँदै गृहमा पुगेका थिए गोकर्णमणि दुवाडी । २०८१ भाद्र २१ गतेदेखि उनी गृह सचिवका रुपमा हाजिर भए यता गृहको कर्मचारी प्रशासन टोकनारायण पाण्डे गृह सचिव हुँदाझैं कमजोर हुन पुगेको गृहकै कर्मचारीहरु बताउँछन् ।

बिज्ञापन

मन्त्रीका एस म्यान बनेर रहेका दुवाडीकै कारण गृहले मनपरी कर्मचारी सरुवा गरिरहेको बिषयमा कर्मचारी प्रेसले पटक पटक समाचार प्रकाशन गरिसकेको छ । सहसचिवहरुलाई बरण्डामा राखेर मापदण्ड विपरित उपसचिवहरुलाई प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएकै थियो । रुख छापे केही कर्मचारीलाई आफ्नै गृह जिल्लामा सिडियो चलाउने अवसर समेत दिएका थिए,गोकर्णको टिमले ।

बिज्ञापन

यस्का अलवा विभिन्न विभागहरुमा समेत बदनामी कमाएका कर्मचारीहरुलाई खटाइएको थियो । अहिले गृहमन्त्री रमेश लेखक कर्मचारीले गल्ती गर्दैमा मन्त्रीले राजीनामा दिनु नपर्ने अभिव्यक्ति दिइरहेका छन् तर अध्यागमनमा सुधारका काम गरिरहेका सुरेश पन्थीलाई चार महिनामै गृहमा तानेर कसुरजन्य विभागमा किन र कस्को दबाबमा थन्काइयो ? अनि विगतमा जहाँ बस्यो त्यही अनियमिततामा मुछिएका तिर्थ भट्टराईलाई किन अध्यागमन विभागमा खटाइयो ?

भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री हुँदा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका बेला राष्ट्रिय परिचयपत्रको विवरण रुजु गर्ने ठेक्का निजी कम्पनीलाई दिएर विवादमा तानिएका थिए । कसुरजन्य विभागमा पुगेका उनै भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारीमा पठाएर सुरेश पन्थीलाई कसुरजन्यमा तानिएको थियो । यस्तै,०७२ सालमा आएको भूकम्पपछि अस्थायी बासस्थानका लागि भन्दै खरिद गरिएको त्रिपालमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराई समेतलाई विपक्षी बनाई मुद्दा दायर भएकोमा पछि सफाइ पाएका कर्मचारी हुन । उनैलाई अध्यागमन किन पठाइयो ?
यस्का अलवा गृहमन्त्रीको सचिवालयमा रहेका शाखा अधिकृत गणेशदत्त ओझा कैलालीको मोहन्याल गाउँपालिकाको भ्रष्टाचार मुद्दा लागेर विशेष अदालतबाट सफाइ पाएका कर्मचारी हुन । यस अगाडि नै भिजिट भिसा प्रकरणमा जोडिएर एक लाख धरौटी बुझाएर उम्किएका विमल पौडेल पनि गृहमन्त्री लेखकको सचिवालयमा कार्यरत रहेकामा रातारात शाखा परिवर्तन गरिएको छ ।

बिज्ञापन

यता यही प्रकरणमा अख्तियारले प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईका तीन थान, खगेन्द्र सुवेदी र बालकृष्ण पौडेलसहित चार जनाको मोबाइलसहितका उपकरण अनुसन्धान अधिकृतहरूले अनुसन्धानको लागी नियन्त्रणमा लिएका हुन् । यस्तै अख्तियारले अध्यागमनका कर्मचारीहरु दीपक पाण्डे, लक्ष्मी भुषाल, दुर्गा थापा, कमलराज उपाध्याय, शम्भु ठगुन्ना, यज्ञराज अर्याल, भिष्मराज अर्याल, प्रभा अर्याललगायतलाई बयान लिइएको बताइएको छ ।

यो सेटिङमा गृहसचिव गोकर्णमणि दुवाडी का अलवा मन्त्रीका सचिवालयका कर्मचारीहरू निगरानीमा परेका छन् । गृहमन्त्रीको सचिवालयबाट सेटिङ मिलाउनेमा मन्त्रीका निजी सचिव बद्री तिवारी र कर्मचारी शाखाका अधिकृत गणेशदत्त ओझा एवं स्वकीय सचिव जनक भट्ट कार्यरत छन ।

यही कोर टिमले उपसचिव खेमराज उपाध्याय, फणिन्द्र पौडेल तथा अधिकृतहरू यज्ञराज अर्याल, दीपक पाण्डे, प्रभा अर्याल, भीष्मराज अर्याल, कमलराज उपाध्याय, गणेशविक्रम शाह, भोज ऐडी, रवीन्द्र ठगुन्ना, दुर्गा थापा र नायव सुब्बा लक्ष्मी भुसाललगायत रहेका छन् । उपसचिव खेमराज उपाध्याय दोस्रोपटक त्यहाँ पुग्ने कर्मचारी हुन् भने रामेछापको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा गएका फणिन्द्र पौडेल पनि अवधि नै नपुगी मन्त्रालय आएर विमानस्थल पुगेका हुन् । यस्तै शाखा अधिकृत भोज ऐडी र रवीन्द्र ठगुन्ना र नायव सुब्बा लक्ष्मी भुसाल तीनपटकसम्म त्यहाँ पुग्ने कर्मचारी हुन । गणेशविक्रम शाह अघिल्लो पटक कारवाहीमा परी फेरि सेटिङमै विमानस्थल पुगेका थिए । यसरी मन्त्रालयले दोहोर्याएर,तेह्राएर कर्मचारी त्यहाँ पठाउनुले शंकाको सुइँमाथितिर सोझिएको बताइन्छ ।

पछिल्लो ६ महिनामा एक लाख १४ हजार नेपाली भिजिट भिसामा विभिन्न देश पुगेका छन् । त्यसमध्ये आधाभन्दा धेरैलाई सेटिङमा वैदेशिक रोजगारीका लागि पठाइएको आकलन छ । यसरी पठाउँदा खाडी मुलुक जानेहरूसँग प्रतिव्यक्ति ५० हजारसम्म असुली गरिएको अनुसन्धान अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रसुवालाई संघ सरकारबाट १ अर्ब २० करोड अनुदान : धेरै नौकुण्डमा,कम आमाछोदिङ्मोलाई

बालेनका दाहिने हात पाण्डे निलम्बित, निमित्त प्रमुख जोशी

प्राविधिक अधिकृतको लिखित परीक्षामा सहभागी सबै उमेद्धार असफल

शाखा अधिकृत,लेखापालसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा

रेडपाण्डा चोर आफै जाकिए खोर

इञ्जिनियर न्यौपानेलाई वेष्टक्लिफ विद्यालयको उत्कृष्ट अवार्ड

वडाध्यक्षमाथि सार्वजनिक सम्पति हिनामिनाको आरोप

कर्मचारीले आज पनि धर्ना कसे, २५ गतेदेखि कालोपट्टी बाँध्ने

बिशेष