भिजिट भिसा प्रकरणमा जोडिएका सहसचिव पछि शाखा अधिकृतको सरुवा

स्याल कराउनु र कुखुरा हराउनुको संयोग गज्जब मिलेको छ,गृह मन्त्रालयतिर । अख्तियारले भिजिट भिसा प्रकरणमा अनुसन्धान र छानबिन अगाडि बढाएपछि गृह मन्त्रालयले सहसचिवभन्दा अगाडि नै मन्त्रीको सचिवालयका कर्मचारीलाई सरुवा गरेको छ ।

बिज्ञापन

यस अघि नै भिजिट भिसा प्रकरणमा जोडिएर अदालतबाट एक लाख धरौटी बुझाएर निस्किएका गृहमन्त्री रमेश लेखकका दाहिने हात मानिएका शाखा अधिकृतलाई रातारात शाखा नै परिवर्तन गरिएको हो ।  अख्तियारले भिजिट भिसा प्रकरणमा हात हाल्ने तयारी गरेपछि तीर्थ भट्टराईलाई सरुवा गरेर मन्त्रालयमा तानेको थियो । उनलाई मन्त्रालयमा तानेकै भोलिपल्ट सहसचिव भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएको थियो । विमानस्थल अध्यागमन कार्यालयका प्रमुखबाट भर्खरै तानिएका सहसचिव तीर्थराज भट्टराईसहित ५ जनालाई अख्तियारले नियन्त्रणमा लिएर बयानसमेत लिइसकेको छ।

बिज्ञापन

यता यही प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकका सचिवालयमा कार्यरत रहेका विमल पौडेललाई समेत रातारात सरुवा गरेर एउटा कोठाबाट अर्काे कोठामा पठाइएको छ ।
पछिल्लो समय रमेश लेखकको सचिवालयमा बदनामीमा मुछिएका कर्मचारीहरु जिम्मेवारी दिइदै आएको पाइएको थियो । तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको समयमा भिजिट भिसा प्रकरणमा मुछिएका कर्मचारी हुन,शाखा अधिकृत विमल पौडेल । उनी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०८० माघ १८ मा जिल्ला अदालतमा अभियोग पत्र दर्ता गर्दा समेत प्रतिवादी बनाइएपछि उनी फरार थिए । पौडेल पूर्वगृहसचिव महेश्वर न्यौपानेको सचिवालयमा कार्यरत थिए । उनी सचिव न्यौपानेकै जोडबलमा त्रिवि विमानस्थलस्थित अध्यागमन पुगेका थिए ।

तत्कालीन गृहमन्त्री रमेश लेखकको समयमा भिजिट भिसा प्रकरणमा मुद्धा चलेपछि फरार रहेका उनी अन्य सहकर्मीहरु धमाधम धरौटीमा छुटेपछि २०८० फागुनमा आफैँ काठमाडौँ अदालतमा उपस्थित भएर एक लाख रूपैयाँ धरौटी तिरेर छुटेका थिए र फेरि शक्तिकेन्द्रकै नजिक पुगे ०८० चैत २० देखि उनी गृहमन्त्रालयमा हाजिर भएका थिए। पौडेल ०८० चैत्र २० देखि मन्त्रीको सचिवालयमा कार्यरत रहेका थिए ।

बिज्ञापन

भिजिट भिसा प्रकरण बाहिरिएसँगै उनको गुपचुप सरुवा गरेर अहिले शाखा परिवर्तन गरिएको छ । गृहले पौडेललाई विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा खटाएको छ गत ४ जेठको निर्णय अनुसार । गृहका अधिकारीहरुले यो प्रकरण बाहिरिएपछि व्याक डेटमा उनको सरुवा गरिएको प्रतिक्रिया दिएका छन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भिजिट भिसा प्रकरणमा जोडिएका सहसचिव पछि शाखा अधिकृतको सरुवा

कर्मचारीसँग मन्त्री खडकाले झोक्किदै भने, ‘तीन दिनभित्र फाइल छिनोफानो गर्नु’

शिक्षक नियुक्तिमा गाउँपालिका अध्यक्षकै सेटिङ्ग : ५ देखि ८ लाखसम्म असुली गरेको खुलासा

भन्सार कार्यालयभित्रै कुटपिट : कैलाली भन्सार प्रमुख तिमिल्सिना नगर प्रहरीको कुटपिटमा

असई हुँ भन्दै ठगी गर्ने युवक पक्राउ

कर्मचारी मैत्री निजामती सेवा ऐन माग्दै सामान्य प्रशासन मन्त्रालय अगाडि कर्मचारीहरु आज पनि धर्नामा

अर्थबाट प्रधानमन्त्री कार्यालय मातहत पुगेको महत्वपूर्ण विभाग खारेजीको तयारीमा

‘कर्मचारीमाथि अनुसन्धान शुरु हुँदैमा मन्त्रीले राजीनामा दिनुपर्ने ?’ : मन्त्री लेखक

बिशेष