नैतिकता हराएको सदाचारको पोस्टर

  •  तोमनाथ उप्रेती

देशको राजधानीमा एक नयाँ सरकारी निकाय खोलिएको छ — “नैतिकता तथा सदाचार खोजी तथा उत्खनन विभाग । यसको उद्घाटन गज्जब भयो। मुख्य अतिथि थिए – निज स्वयम् “आफ्नै आचरण नहेर्ने महामन्त्री”। उहाँले उद्घाटन मन्तव्यमा भन्नुभयो, “नैतिकता हाम्रै हृदयमा हुन्छ, तर हृदय भने विदेशमा इलाज गराउन गएका छौं।” उपस्थित सबैले तालियाँ बजायो – आखिर नेताजी बोलेका थिए।

बिज्ञापन

कार्यक्रमको सुभारम्भ धेरै खाऔं, थोरै देखाऔं मूलमन्त्रसहित भयो। विभागको लोगो थियो – एक जना कर्मचारी टेबुलमुनि घुस लिँदैछ र माथि लेखिएको छ, “सदैव पारदर्शी”।

बिज्ञापन

नैतिकता कहाँ हरायो?

यही प्रश्न लिएर हाम्रो नयाँ विभागले एक विज्ञप्ति निकालेको छ –
“यदि कसैले नैतिकता देख्नु भएको छ भने कृपया २ नम्बर ढोकाबाट प्रवेश गरी फॉर्म नं ४२० भरी बुझाउनु होला। पुरस्कार स्वरूप वर्षदिनको निलम्बन छुट दिइनेछ।”

बिज्ञापन

तर दु:खको कुरा, अहिलेसम्म नैतिकता भेटिएको छैन। पछिल्लो अनुसन्धान अनुसार, उसले नेपाल छाडेर ‘इमानदारस्थान’ देशतिर पलायन गरेको छ। कारण थियो – यहाँ उसको “दुःस्वागत”।

प्रशासनिक सुधारको सुरुवात “कार्यालय संस्कार” बाट हुनुपर्छ भनिन्छ। हाम्रा कार्यालयमा समयपालनको संस्कार यस्तो छ –
कर्मचारी: बिहान ११:३० बजे झुल्किन्छ।
कार्यालय समय: बिहान १०:०० बजे।
बहाना: ट्राफिक, रुटिन, अनि कालो बिलाउने मस्यौदा।

एक पटक प्रमुख सचिवका नाममा एउटा चिठी लेखियो – “कृपया समयमै आउनुहोस्”। उहाँले तुरुन्तै नोट लेख्नुभयो – “म समयमै आउँछु, तर मकैको भुटेको गन्धले पछि फर्किन्छु।”

भ्रष्टाचारको अदृश्य विश्वविद्यालय

नेपालको हरेक सरकारी कार्यालयभित्र एउटा गोप्य विश्वविद्यालय चलिरहेको छ – “Nepal Institute of Corruptological Studies (NICS)”। यहाँ पढाइन्छ:

भ्रष्टाचार १०१: बिना कामको बिल बनाउने कला

नैतिकता गाइड: देखाउनका लागि मात्रै इमानदार हुन सिक्ने कक्षा

बजेट म्यानेजमेन्ट: अनावश्यक सडक बनाउने र पटक-पटक भत्काउने विधि

यस संस्थाका प्रमुख गुरुजीको नाम हो – “लालची बाबु”। उहाँको मूल मन्त्र –
“सफा देखिने तर भित्रबाट सडेको नै राम्रो प्रशासन हो।”

सार्वजनिक सेवा घोषणापत्र: “सेवा होइन, सेवानिवृत्ति कुर्दैछौं”

अब हामीकहाँ सेवा बडापत्र छ – एकदमै आकर्षक, डिजाइन त जापानी माछा बेच्ने रेस्टुरेन्टजस्तो! तर कार्यान्वयन?

“तपाईंको फाइल ३ दिनभित्र कार्यान्वयन हुनेछ।”
— यथार्थमा यसको मतलब: “३ कर्मचारी ट्रान्सफर, २ फाइल हरायो, र एउटा चिया पिएको छैन।”

सीप विकास तालिम

हाम्रो प्रशासनले हरेक वर्ष ‘सीप विकास तालिम’ गर्छ – विषयबस्तु?

कसरी घुस लिएर पनि पक्रिन नपर्ने

जनताको गुनासोलाई ‘फारम भर्नुहोस्’ भन्दै टार्ने प्रविधि

दशवटा मीटिङ गरेर एउटा निर्णयसमेत नगर्ने दक्षता

एक पटक एक प्रशिक्षकले भन्नुभयो, “सदाचार भनेको आत्मा हो।” त्यो दिनदेखि आत्मा नै बेपत्ता भयो।

कार्यशैली सुधार योजनाः “बोर्ड टाँस्ने संस्कृति”

अहिलेको सबैभन्दा चर्चित सुधार उपाय – “बोर्ड टाँस्ने सुधार कार्यक्रम”।

“हामी भ्रष्ट छैनौं”

“सुधार हाम्रै जिम्मेवारी हो”

“यहाँ सेवाग्राहीको सम्मान गरिन्छ”

यी बोर्डहरू टाँसिएको कार्यालयहरूमा सेवाग्राहीलाई रिस उठ्यो भने, बडापत्रको फ्रेमले टाउको फुट्दछ। टाँसिएपछि सबैले मान्छन् – “अब त सुधार पक्कै भयो!”

अनुगमन टोली: अनुगमन नभए राम्रो

प्रत्येक वर्ष अनुगमन समिति गठन हुन्छ। समिति कार्यालय आउँछ, फाइल हेर्छ, चिया पिउँछ, फोटो खिच्छ, फेसबुकमा हाल्छ र जान्छ।

जनताले भन्छन् – “अनुगमन आएपछि त सबै कर्मचारी सफा देखिन्थे। चुरोटको बाससम्म थिएन।”
तर भोलिपल्ट — उही सिस्टम: “कागज छैन, पेन छैन, स्टाफ गइछ छुट्टीमा।”

प्रशासनिक संस्कारः ‘रामकथा’ जस्तै सुन्न रमाइलो, लागु नगर्ने

हाम्रो प्रशासकीय संस्कार त यस्तो छ — नियमहरु बनाइन्छन्, कार्यशैली तय गरिन्छ, तर त्यो RAM मा मात्रै लोड हुन्छ, ROM मा कहिल्यै जाँदैन।

कुनै जागिरे इमानदार देखिए भने उसलाई यस्तो हेरिन्छ – “कसको सिफारिसमा आएको हो?”
उहाँलाई भनिन्छ, “इमानदारी यो कार्यालयमा फिट हुँदैन!”
त्यसैले धेरैले “गुन नलागोस्, इमानदारी गुमाओस्” भन्ने नीति अँगालेका छन्।

अन्त्यमा: सदाचारको बचेखुचेको अस्तित्व

आज सदाचारको स्थिति त्यो बिरालो जस्तै छ – जसको घाँटीमा घण्टी लगाउने को?

हरेक नीति बैठकमा नैतिकताको चर्चा हुन्छ, तर निर्णयपछिको पहिलो काज – “आफ्नो मान्छेलाई राखौं।”
नेपालमा सदाचार भनेको यस्तो चीज हो –
“सबैलाई चाहिने, तर कसैलाई चाहिँ आफैंले अभ्यास गर्न मन नपर्ने!”

अब भन्नु पर्यो – “प्रशासन सुधार त भयो, तर सुधार शब्दको spelling त ‘स-धु-र’ हुनुपर्ने पो रहेछ!”
जनताको आशा भनेको यस्तो कागजी बडापत्रजस्तै भइसकेको छ – राम्रो देखिने, तर प्रयोगमा कमजोर।

त्यसैले अन्ततः देशले चाहेको सुधार के हो?

पानी जस्तै पारदर्शिता

नुन जस्तै आवश्यक नैतिकता

र चिया जस्तै साँचो इमानदारी।

तर, हाम्रो फाइल भने अझै “सदर हुन बाँकी” टेबलमै छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मेयरको घरमा अख्तियारको छापा

जेनजी ४२ सहिद परिवारलाई उपसचिवसरह ‘मासिक पेन्सन’ : निर्णय गुपचुप

सशस्त्र प्रहरीको प्रवक्तामा डिआइजी विष्णु भट्ट

सम्बन्धको मौनता

प्रवेश पत्रमै चिट चोर्ने उमेद्धारको परीक्षा रद्ध,दुई बर्ष आयोगको कालोसूचीमा

उपसचिवको विज्ञापन रद्ध

चुनावको मुखमा श्रम मन्त्रालयमा प्रहरीको वटालियन, कर्मचारी त्रसित

निजामतीको कार्यसम्पादनप्रति मन्त्री असन्तृष्ट,मन्त्रालय- विभागसम्म प्रहरीको टुकडी तैनाथ

बिशेष