कन्सल्टेन्सीहरूले विदेशमा कामदार पठाएको पाइए कारबाही हुन्छ:- वैदेशिक रोजगार विभाग

वैदेशिक रोजगार विभागले कन्सल्टेन्सीहरूले विदेशमा कामदार पठाएको पाइए कारबाही हुने बताएको छ।

बिज्ञापन

ऐन विपरीत कुनै पनि व्यक्ति वा संस्थाले नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउन वा पठाउनको लागि प्रक्रिया अगाडि बढाएको पाइए कानुनअनुसार कारबाही गर्ने विभागले जनाएको छ।

बिज्ञापन

गैरकानुनी रूपमा नेपालीलाई विदेश पठाउने गरेको गुनासो आएको भन्दै वैदेशिक रोजगार विभागले त्यसो गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ।

विज्ञप्ति जारी गर्दै विभागले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न वा कुनै पनि नेपाली कामदारलाई श्रमिकका रूपमा विदेश पठाउन वैदेशिक रोजगार ऐन बमोजिम विभागमा दर्ता भएका संस्थाले मात्र अनुमति पाएको स्पष्ट पारेको छ।

बिज्ञापन

विभागको यस्तो चेतावनी अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अख्तियारले छापा हान्दै अनुसन्धान सुरु गरेपछि आएको हो।

कतिपय व्यक्ति, शैक्षिक परामर्श केन्द्र, ट्राभल एजेन्सी, तालिम प्रदायक संस्था, भाषा प्रशिक्षण गराउने संस्था लगायतले नेपाली श्रमिकलाई विदेश पठाइदिने सूचना जारी गरेको, राहदानी र अन्य संस्थाले नेपाली श्रमिकलाई विदेश पठाइदिने सूचना जारी गरेको पाइएको विभागको भनाइ छ।

त्यस्तै राहदानी र अन्य कागजात संकलन गर्ने र नक्कली कागजात तयार गरी विदेश पठाउने काममा संलग्न भएको भन्दै विभागमा उजुरी र जनगुनासो समेत आएको विज्ञप्तिमा उल्लेख छ।

विभागले गैरकानुनी हिसाबमा वैदेशिक रोजगारीमा नपठाउन सचेत गराउँदै टोली खटाइ नियमित तथा आकस्मिक अनुगमन गर्ने जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कता हाल्लान ५ लाख ४५ हजार सुरक्षाकर्मी र निजामती कर्मचारीले मत ?

एक सर्को बिँडी

कार्यसम्पादन मूल्यांकनमा रसुवाका ५ पालिका कालिका अब्बल,आमाछोदिङ्मोको बिजोग

लोकतान्त्रिक अभ्यासमा निर्वाचन आचारसंहिता, खर्च र नैतिक आचरण   

स्थानीय सरकारमध्ये पाणिनि गाउँपालिका अब्बल,यी हुन कासमूमा टप १० भित्र पर्न सफल पालिका

उपमहानगरपालिकाको कार्यसम्पादन रिर्पोट : बुटवल अब्बल,इटहरी सबैभन्दा कमजोर

कार्यसम्पादन मूल्यांकनमा विराटनगर सबैभन्दा अब्बल,काठमाडौं सबैभन्दा कमजोर

विवादित डम्बरु निरौला फेरि शक्तिको केन्द्रमा : मेयर पौडेलकै रोजाइमा जीतपुरसिमरा हाकिम

बिशेष