३० लाख टिकटक भिडियो गायब

‘बा’प्रंशशामा रमाइरहेका सरकार प्रमुख केपी शर्मा माथि लाग्ने गरेको एउटा आरोप हो – आलोचना नस्वीकार्ने, आत्माआलोचना नै गर्ने ।
आलोचना गर्नेहरुलाई भित्तामै पु¥याउने उनै ओली सरकारले पछिल्लो नौ महिनामा प्रख्यात सामाजिक सञ्जाल प्लाटफर्म टिकटकबाट दुई लाख बढी आलोचनात्मक भिडियोहरु हटाएको पाइएको छ । अर्थात सरकारले प्रतिदिन औसतमा ७४० का भिडियो हटाउँदै आएको भेटिएको छ । दैनिक रुपमा सरकारको आलोचना गरेर बनाइएका ७४० भन्दा बढी भिडियो सरकारकै सिफारिसमा टिकटकले हटाउँदै आएको सञ्चार मन्त्रालयका अधिकारीहरुले अनौपचारिक कुराकानीको क्रममा जनाएका छन् । टिकटक नेपालमा दर्ता भए यता झण्डै ३० लाख नेपाली भिडियोहरु उडाइएको छ अर्थात हेर्न नमिल्ने बनाइएको छ । तीमध्ये अश्लिल,कम्युनिटी गाइडलाइन्सका कारण २८ लाख भिडियो हटाइएका हुन भने बाँकी २ लाख सरकारका आलोचनामा निर्मित । हालसम्म २ लाख बढी भिडियो सरकारकै सिफारिसमा हटाइएको सञ्चार मन्त्रालयका प्रतिनिधिहरुले जनाएका छन् ।

बिज्ञापन

कम्युनिटि गाइडलाइन्स पालना नगरिएका ३० लाख भिडियो डिलिट गरिएकोमध्ये झण्डै दुई लाख सरकारको आलोचना गरेर निर्माण गरिएका भिडियोहरु रहेको जनाइएको छ । यसरी हेर्दा दैनिक ७४०,मासिक २२ हजार २ सय २२ र पछिल्ला नौं महिनामा २ लाख टिकटक भिडियोहरु सरकारको आग्रह अनुसार हटाइएका हुन । सञ्चार मन्त्रालयका अनुसार, ‘कम्युनिटि गाइडलाइन्स फ्लो नगरेको भनेर तीस लाख भिडियो अहिलेसम्म हटाइएका छन्,जसमध्ये ६ प्रतिशत सरकारको सिफारिसमा हटाइएका हुन । ०८१ भदौमा सरकारले विभिन्न सर्त अघि सारेपछि गत बर्ष कार्तिकमा टिकटक नेपालमा सूचीकृत भएको थियो । सूचीकृत गरिँदा सरकारले अनुरोध गरेलगत्तै सामग्री हटाउने प्रतिवद्धता जनाएको थियो,टिकटकले सोही अनुसार,उक्त कम्पनीले नेपालमै प्रतिनिधि राखेर भिडियोहरू रिभ्यु गरिरहेको छ । हटाइएका ३० लाख भिडियोमध्ये ६ प्रतिशत सरकारको आलोचना गरेर बनाइएका भिडियोहरु रहेका छन् ।

बिज्ञापन

ठूला करदाता कार्यालयका अनुसार, नेपालको कर प्रणालीमा टिकटक ०७९ सालमै दर्ता भएर भ्याटसमेत बुझाएको छ । आधिकारिक रुपमा टिकटक नेपालमा दर्ता भएपछि नेपालले कति राजश्व प्राप्त ग¥र्यो भनेर सोधखोज गर्दा न त राजश्वका विभागका अधिकारीहरु बोल्छन्,न नेपाल राष्ट्रबैंकका कर्मचारी मुख खोल्छन् ।

सञ्चार मन्त्रालयमा सूचीकृत हुने टिकटक तेस्रो सामाजिक सञ्जाल कम्पनी हो । यसअघि भाइबर र वी टक सूचीकृत भइसकेका छन् । सरकारले फेसबुकलाई सातादिनभित्र सूचीकरण हुन भनेपनि टेरेको छैन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीलाई विश्वास गर्दा मुलुक विग्रियो रे ?

१०८ कर्मचारीहरूको सरुवा

सेवा होइन, सास्ती दिने कार्यालय:-अनियमितताको दलदलमा कम्पनी रजिस्ट्रार

१ मिनेटमै सकियो महानगरपालिकाको बैठक : २५ अर्वको बजेट आइतबार

निर्देशक,लेखा अधिकृतसहित ७ विरुद्ध भ्रष्टाचार मुद्धा

कारागारबाट १२७ दिनमा थुनामुक्त भए ‘लोकसेवा गुरु’,अर्काे तारेख साउन १२ मा

परियारलाई सभापति बनाएपछि पारित भयो कार्यविधि,आज बन्दैछ कार्यतालिका

सेवाग्राहीसँग घुस लिएको अभियोगमा यातायात प्रमुखलाई कालोमोसो

बिशेष