समिति बैठकमा बोल्न नपाएपछि माननीयद्वारा सभापतिमाथि माइक प्रहार

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिकाको बैठकमा माननीयले सभापतिमाथि माइक र नेमप्लेटले प्रहार गरेकी छिन् । आजको बैठकमा वार्षिक प्रतिवेदनको तयारी समिति र निर्देशन कार्यान्वयन समितिको प्रतिवेदनमा छलफल अन्तिम चरणमा पुग्दै थियो । सोही क्रममा भनाभन हुँदा समितिको सदस्य सांसदले सभापतिलाई माइक र नेमप्लेटले प्रहार गरेकी हुन ।

बिज्ञापन

आजको  बैठकको अन्तिममा सभापति किरणकुमार साहलाई माइक प्रहार भएको छ।आज समितिको कार्यकक्षमा बैठक जारी रहँदा नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीले सभापति साहमाथि माइक र नेम प्लेट प्रहार गरेकी हुन्।

बिज्ञापन

सांसद कुसारीले पनि आफूले माइक र नेमप्लेटले हानेको बताइन्।तर उनले प्रहार गरेको माइक सभापतिलाई लागेन । भित्तामा ठोकियो ।

समिति सभापति साहका अनुसार ढिला गरी बैठकमा आइपुगेकी माननीय कुसारीले अनुमति विनै बोल्न थालेपछि आफूले रोक्दा र संयमता अपनाएर बोल्न आग्रह गर्दा  माइक र नेमपेल्टले प्रहार गरेकी हुन ।

बिज्ञापन

यसरी सभापतिलाई माइकले हान्ने कल्पना माओवादी केन्द्रकी सांसद हुन ।

यो बिषयमा छलफलका लागि अहिले सभामुख देवराज घिमिरेले माननीयहरुलाई छलफलमा बोलाइएको बुझिएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संगठनात्मक सामाजिकीकरण र सामाजिक गतिशीलता

३९१ नासुसहित ४५० कर्मचारीकै एकै लटमा सरुवा

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

बिशेष