गभर्नर नियुक्तिमा ओली र देउवाबीच मिल्यो कुरा : आजै सिफारिस, साँझ नियुक्तिको तयारी

लामो रस्साकस्सी पछि आजै गभर्नर नियुक्ति हुने सम्भवना बढेको छ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिले आज अपराह्न ४ बजे बैठक आह्वान गरेका छन् ।

बिज्ञापन

अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थशास्त्री पोषराज पाण्डे सदस्य छन्। सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्नेछ । जसमध्ये आजै साँझ बस्ने मन्त्रिपरिषद् बैठकबाट एक जनालाई गभर्नर नियुक्ति गर्नेछ । गभर्नरमा अर्थशास्त्री विश्व पौडेलको नाम अगाडि सारिएको छ ।राष्ट्र बैंकको गभर्नर पद २४ चैतदेखि रिक्त छ ।

बिज्ञापन

यस अघि सत्ता साझेदार दल काँग्रेस सभापति देउवाले पूर्व मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीदेखि गुणाकर भट्टको नाम सिफारिस गरेका थिए तर प्रधानमन्त्री केपी शर्मा ओलीले नमान्दा गभर्नर नियुक्ति हुन सकेको थिएन । पछिल्लो समय काँग्रेस सभापति देउवाले विश्व पौडेललाई गभर्नर बनाउन चाहेका छन् । सो नाममा प्रधानमन्त्री ओली सहमत भएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीले गभर्नरमा डा। पौडेललाई सिफारिस नगर्न भनेपछि कांग्रेस सभापति शेरबहादुर देउवाबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने तय भएको भेट र पूर्वनिर्धारित मन्त्रिपरिषद् बैठक स्थगित भएको थियो । यस अघि पूर्वमुख्य सचिव सोमलाल सुवेदीसहित गुणाकर भट्टसम्मको नाम सिफारिस गरेको भए पनि त्यो नाम भएन भन्दै भुलभुलैयामा पारिएको भन्दै काँग्रेस सभापति देउवा ओलीसँग रुष्ट भएका थिए ।

बिज्ञापन

हिजो बैठक डाकेर स्थगित गरेका ओलीले आज सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। बैठक साँझ पाँच बजे बस्ने बताइएको छ।

सम्भवत आजको बैठकले गभर्नरमा डा विश्व पौडेललाई नियुक्ति गर्ने प्रवल सम्भवना छ । पौडेल परराष्ट्रमन्त्री आरजु राणाको व्यवसायिक पाटर्नर समेत थिए,कुनै समय । सबैभन्दा मंहगो मानिएको युलियन्स स्कूलका लगानीकर्ता समेत रहेका पौडेललाई स्वर्णीम वाग्लेले चिनजानी गराइदिएका थिए,आरजुसँग । पछि उनै विश्व राष्ट्रिय योजना आयोगमा समेत नियुक्ति पाए । गभर्नर सिफारिस समितिमा रहेका उनलाई राजीनामा गर्न लगाएर गभर्नर नियुक्ति गर्ने तयारी भइरहेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लथालिङ्ग काँग्रेसको भातृ संगठन : ९ महिना पछाडि धकेलियो कर्मचारी युनियनको महाधिवेशन

जसले जोगाइदिए एमाले काँग्रेसको गठबन्धन

जेनजी पुस्तासँग एक दिन

गाउँपालिकामा अख्तियारको छापा, योजनाका कागजात नियन्त्रणमा

गभर्नर नियुक्तिमा ओली र देउवाबीच मिल्यो कुरा : आजै सिफारिस, साँझ नियुक्तिको तयारी

देउवासँगको भेटपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री संसदमा नजाने, सांसदसँगको प्रश्नोत्तर स्थगित

सामान्यमा मोटोपैसाको चलखेल: मन्त्री गुप्ताको कार्यशैलीप्रति व्यापक असन्तुष्टि 

बिशेष