यी व्यवस्था सहित राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भयो संघीय निजामती सेवा विद्येयक

लामो रस्साकस्सी पछि संघीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गरेको हो ।

बिज्ञापन

नौ वर्षदेखि विचाराधीन विधेयक आज शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतरूपमा पारित गरेको हो। यस अघि विद्येयकमा कुलिङ पिरियड र अवकाशको उमेरको बिषयमा सहमति जुट्न सकेको थिएन । यी बिषयमा सहमति जुटेसँगै विद्येयक प्रतिनिधि सभाबाट पारित भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले जनाएका छन् ।

बिज्ञापन

सहमति अनुसार, निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउने सहमति भएको छ । बढाएको उमेर हद लागु एक,एक वर्ष गरी लागू गरिने भएको छ । यस्का अलवा कुलिङ पिरियड दुई वर्ष राख्ने सहमति भएको छ । यस्तै विधेयकमा सहसचिव भन्दा माथि र सचिव भन्दा तल अतिरिक्त सचिव रहनेछन् । अतिरिक्त सचिव तेह्रौं तहको कर्मचारी हुनेछन् । १४ औं तहमा सचिव र १५ औं तहमा मुख्य सचिव रहन्छन् । यी तीन पद राजपत्राङ्कित विशिष्ट पद अन्तर्गत रहने छन् ।

निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ वर्षसम्म र महिलाको ३९ वर्षसम्म राखिएको छ। प्रदेश प्रमुख सचिव संघ अन्तर्गत र प्रदेश सचिव प्रदेश अन्तर्गत रहने छन् । प्रमुख प्रशासकीय अधिकृत प्रदेश निजामती सेवा अन्तर्गत रहने छन् । तर प्रदेश निजामती सेवामा प्रदेश सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत तयार नभएसम्म बढीमा १० वर्ष संघीय सेवाबाट पठाउने व्यवस्था निजामती विधेयकको प्रतिवेदनमा छ ।

बिज्ञापन

स्थानीय तह तथा प्रदेशमा समायोजन भएका कर्मचारीहरुले उठाउँदै आएको माग अनुसार १ पटकको लागि अन्तरप्रदेश सरुवा हुन पाउने व्यवस्था राखिएको छ । निजामती सेवा विधेयक २१ फागुन २०८० मा प्रतिनिधि सभामा दर्ता भएको थियो । सैद्धान्तिक छलफल गरेर प्रतिनिधि सभाले दफावार छलफलका लागि १५ जेठ २०८१ मा राज्य व्यवस्था समितिमा पठाएको थियो । संघीय निजामती सेवासम्बन्धी विधेयकमा सांसदहरुले १२४ समूहमा एक हजार ५८३ वटा संशोधन परेको थियो । संशोधन प्रस्ताव समेतलाई एकै ठाउँमा राखेर दफावार छलफल गरेर संसदीय समितिले विधेयक पारित गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरकारी सूचनाहरू अब सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन हुने

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

कमिसनको चलखेलले सडक कमजोर: धोबीखोलामा मापदण्डविपरीत ढलान

सतर्कता केन्द्रमा दुई अधिकृत प्रहरी उपरीक्षकमा बढुवाका लागि सिफारिस

सब इन्जिनियर सेवाबाटै बर्खास्त

खारेजी हुँदैछन् यी कार्यालय, २२ हजार सरकारी कर्मचारीको दरबन्दी हुनसक्छ कटौती

दरबन्दी गजेन्द्रनारायणमा, २१ महिनादेखि काजमा प्रादेशिक अस्पतालको निमित्त

उद्योगपछि मालपोत र नापीमा विचौलिया प्रवेश निषेध

बिशेष