भ्रष्टाचार मुद्धामा सफाई पाएको दुई महिना नबित्दै पाँच कर्मचारीविरुद्ध फेरि अर्काे मुद्धा

 

बिज्ञापन

यस अघि ११ महिना निलम्बनमा परेर गत फागुन २२ मा मात्र सफाई पाएका ५ कर्मचारीहरु फेरि निलम्बनमा परेका हुन ।

बिज्ञापन

भ्रष्टाचारको एक मुद्धामा सफाइ पाएको दुई महिना नबिन्दै पाँच कर्मचारीहरुलाई फेरि अर्काे भ्रष्टाचार मुद्धा चलेको छ ।

अख्तियारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा र पुरुषोतम खनाल, पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरू दिपेश आचार्य, सुरेन्द्र हाडा र फ्रिक्वेन्सी, सेवा गुणस्तर तथा सेवा प्रवाह अनुगमन शाखाका उपनिर्देशक अच्युतानन्द मिश्र, प्राधिकरणका योजना तथा व्यवस्थापन सूचना प्रणाली शाखाका उपनिर्देशक रेवतीराम पन्थ, अनुमतिपत्र व्यवस्थापन शाखाका उपनिर्देशक संदिप अधिकारी र कविन्द्रराज मल्लविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेको थियो गत ८० चैत्र १५ गते ।

बिज्ञापन

सो प्रकरणमा अख्तियारले प्राधिकरणका स्तरीकरण महाशाखाका निर्देशक मिनप्रसाद अर्याल, आर्थिक प्रशासन शाखाका सहायक निर्देशक विजय कुमार राय यादव , ग्रामीण दूरसञ्चार विकास शाखाका उप(निर्देशक बिनोद चन्द्र श्रेष्ठ, अनुमतिपत्र शर्त अनुगमन शाखाका उपनिर्देशक सूर्य प्रसाद लामिछाने, फ्रिक्वेन्सी वितरण तथा व्यवस्थापन शाखाका सहायक निर्देशकद्वय प्रतिक्षा पौडेल र निराजन कोइरालाविरूद्ध मुद्धा दायर गरेको थियो ।

झण्डै ११ महिना पछि विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले गत बर्षको फागुन २२ गते नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा र पुरुषोतम खनालसहित ८ जनालाई दोषी ठहर गर्दै अरुलाई सफाई दिएको थियो ।

यसरी सफाई पाएको दुई महिना पछि फेरि अर्काे मुद्धा झेल्दैछन्,त्यहाँका पाँच कर्मचारीहरु । टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात टेराममक्स प्रकरणमा समेत तिनै कर्मचारीलाई प्रतिवादी बनाएर आज अर्काे मुद्धा चलाइएको छ । आयोगले तत्कालीन मन्त्री मोहब बस्नेतसहित तत्कालीन सचिव धनराज ज्ञवालीका अलवा दूरसञ्चार प्राधिकरणका अध्यक्षद्धय दिगम्बर झा र पुरुषोत्तम खनालसहित प्राधिकरणका निर्देशक विजय कुमार राय, सुरेन्द्रलाल हाडा, दिपेश आचार्य, उपनिर्देशक रेवती राम पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हिरण्यप्रसाद बस्ताकोटी, उपनिर्देशक अच्युतानन्द मिश्र, सन्दिप अधिकारी छन्।

जसमध्ये प्राधिकरणका कर्मचारीहरुमा निर्देशकहरु विजयकुमार राय, सुरेन्द्रलाला हाडा, दीपेश आचार्य, उपनिर्देशकहरु रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी, अच्चुतानन्द मिश्र र सन्दीप अधिकारीमाथि भ्रष्टाचार मुद्दा लागेको छ। गत फागुनमा मात्र एमडीएमएसमा विजय कुमार राय, दिपेश आचार्य, सुरेन्द्र हाडा, अच्युतानन्द मिश्र, रेवतीराम पन्थ र सन्दीप अधिकारीलाई सफाई पाएकामध्ये प्राधिकरणको प्रशासन महाशाखा प्रमुख दिपेश आचार्य, पूर्वाधार महाशाखा डा सुरेन्द्रलाल हाडा, अनुगमन माहाशाखा प्रमुख विजयकुमार रायविरुद्द मुद्दा लगायतका कर्मचारीहरु दुई महिना पछि नै फेरि निलम्बनमा परेका हुन ।

यो सँगै दूरसञ्चार प्राधिकरणको ३ महाशाखा एकै पटक खाली भएको छ । अख्तियारले मुद्धा दायर गरेसँगै प्राधिकरणको अनुगमन महाशाखा निर्देशक विजयकुमार राय, प्रशासन महाशाखा निर्देशक दीपेश आचार्य र पूर्वाधार महाशाखा डा सुरेन्द्रलाल हाडालगायतलाई प्रतिवादी बनाएर मुद्धा चलाएसँगै ती महाशाखा रिक्त हुने स्थितिमा पुगेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष