महालेखा नियन्त्रकका कार्यालयले आधा दर्जन उपसचिवहरुको सरुवा गरेको छ । कार्यालयले कान्ति बाल अस्पतालमा कार्यरत विष्णुप्रसाद निरौलाको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको छ। निर्वाचन आयोगका बोधराज घिमिरेको नापी विभागमा सरुवा गरेको छ।
बिज्ञापन
त्यस्तै केन्द्रका इन्द्रबहादुर तुंगेलीको कोष तथा लेखा नियन्त्रण कार्यालय सप्तरी सरुवा गरेको छ । महालेखा नियन्त्रण कार्यालयका रेमा ढुंगानाको चिकित्सा शिक्षा आयोग सरुवा गरेको छ। राष्ट्रिय सतर्कता केन्द्रका श्रीधर ज्ञवालीको निर्वाचन आयोग सरुवा गरिएको हो।
सचिव गणेश पाण्डे घर जानु अघि आधा दर्जन उपसचिवहरु यता उता गरेर निस्किएका हुन । कार्यालयले सरुवा गुपचुप राखेको छ ।

























