हुलाकका हाकिम र नासुसहित छ जनाविरुद्ध पाँच करोड बढीको भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख जयलालप्रसाद साह कानुसहित ६ जनाविरुद्ध मुद्दा दायरा गरेको छ। अख्तियारले सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा २०६० सालदेखि हुलाक बचत बैंक हेर्दै आएका नासु बलीरामप्रसाद कुर्मी, बारा जिल्ला हुलाक कार्यालयका तत्कालीन कार्यालय प्रमुखहरू जयलालप्रसाद साह कानू, अदालतप्रसाद कुर्मी, बुन्नीप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव र सुजितकुमार साहमाथि मुद्दा दायर गरेको हो ।

बिज्ञापन

उनीहरूसँग ५ करोड ३५ लाख ६४ हजार २७९ रूपैयाँ बिगो दाबी गरिएको छ ।

जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन प्रमुख जयलालप्रसाद साह कानू, अदालतप्रसाद कुर्मी, बुन्नीप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव, सुजितकसुमार साह, तत्कालीन नासु बलिरामप्रसाद कुर्मीलगायतले पाँच करोड ३५ लाख ६४ हजार २७९ बराबरको रकम हिनामिना गरेको आयोगको अभियोग छ।

बिज्ञापन

उनीहरूविरुद्ध कैद, जरिवाना र बिगोसमेत असुल उपरको गरी पाऊँ भन्दै आयोगले मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रतिनिधि सभामा रास्वपालाई दुई तिहाई,राष्ट्रिय सभा सत्तापक्षविहीन

राजनीतिक कोटामा नियुक्त भएका ६ राजदूत फिर्ता बोलाउँदै सरकार

बिचौलिया आरोपपछि लेखापढी व्यवसायीको आन्दोलन, मालपोत–नापी सेवा प्रभावित

सरकारी सूचनाहरू अब सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन हुने

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

कमिसनको चलखेलले सडक कमजोर: धोबीखोलामा मापदण्डविपरीत ढलान

सतर्कता केन्द्रमा दुई अधिकृत प्रहरी उपरीक्षकमा बढुवाका लागि सिफारिस

सब इन्जिनियर सेवाबाटै बर्खास्त

बिशेष