हुलाकका हाकिम र नासुसहित छ जनाविरुद्ध पाँच करोड बढीको भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख जयलालप्रसाद साह कानुसहित ६ जनाविरुद्ध मुद्दा दायरा गरेको छ। अख्तियारले सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा २०६० सालदेखि हुलाक बचत बैंक हेर्दै आएका नासु बलीरामप्रसाद कुर्मी, बारा जिल्ला हुलाक कार्यालयका तत्कालीन कार्यालय प्रमुखहरू जयलालप्रसाद साह कानू, अदालतप्रसाद कुर्मी, बुन्नीप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव र सुजितकुमार साहमाथि मुद्दा दायर गरेको हो ।

बिज्ञापन

उनीहरूसँग ५ करोड ३५ लाख ६४ हजार २७९ रूपैयाँ बिगो दाबी गरिएको छ ।

जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन प्रमुख जयलालप्रसाद साह कानू, अदालतप्रसाद कुर्मी, बुन्नीप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव, सुजितकसुमार साह, तत्कालीन नासु बलिरामप्रसाद कुर्मीलगायतले पाँच करोड ३५ लाख ६४ हजार २७९ बराबरको रकम हिनामिना गरेको आयोगको अभियोग छ।

बिज्ञापन

उनीहरूविरुद्ध कैद, जरिवाना र बिगोसमेत असुल उपरको गरी पाऊँ भन्दै आयोगले मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन शुद्धीकरणमा परेका कार्यालय सहयोगीदेखि आठौं तहका १२५९ कर्मचारी

यी हुन सहसचिव बढुवाका सम्भाव्य उमेद्धार

जेनजीका मन्त्रीहरुलाई भेगीय र जातीय कर्मचारीकै भर

एक करोडको चर्चा र नियम मिचिएको नियुक्ति

यस्ता छन् सचिव बैठकका २० निर्णय

प्राविधिकतर्फका आठ उपसचिव सहसचिव बढुवा सिफारिस

मालपोत डिल्लीबजारमा बिचौलिया हावी, मन्त्रीको आक्रोश : ‘अफिस चलाउने हो कि बिचौलिया ?

सचिवसँग ६ र सहसचिवसँग १० लाख धरौटी माग

बिशेष