सैनिक कल्याणकारी कोषमा ठगी : पूर्वमेजरलाई नेपाल ल्याउन इन्टरपोलको सहयोग माग

नेपाली सेनाको कल्याणकारी कोषमा हिनामिना गरी विदेश फरार भएका दुई पूर्वसेनानी (मेजर)लाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको छ । आपराधिक लाभ मुद्दामा फरार रहेका पूर्वसेनानी समीरकुमार गुरुङ र लक्ष्मण अधिकारीलाई नेपाल ल्याउन इन्टरपोलको सहयोग मागिएको हो ।

बिज्ञापन

गुरुङ बेलायत तथा अधिकारी अमेरिका रहेको अनुसन्धानमा खुलेको छ । उनीहरूकै योजनामा सैनिक कल्याणकारी कोषबाट फर्जी सैनिक कर्मचारी खडा गरी उनीहरूको नाममा चेक काटेर हिनामिना भएको थियो ।

बिज्ञापन

नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा सवा दुई करोड रुपैयाँ हिनामिनामा गरेको अभियोगमा पूर्व जमदार आत्माराम थापा कारागार चलान भएका छन्।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश डा. दिवाकर भट्टको इजलासले आइतबार थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अदालतमा सैनिक ऐन अन्तर्गत मुद्दा दर्ता गरिएपछि सो निर्णय आएको हो।

बिज्ञापन

उक्त कोष हिनामिना प्रकरणमा संलग्नताको आशंकामा अवकास प्राप्त दुई सैनिक र बहालवाला दुई अधिकृतमाथि अनुसन्धान भइरहेको छ।

सैनिक स्रोतका अनुसार हाल सहायक रथी (ब्रिगेडियर जनरल) रोशन खड्का र सेनानी (मेजर) बोधराज कार्कीलाई सैनिक हिरासतमा राखी आन्तरिक छानबिन (कोर्ट अफ इन्क्वाएरी) प्रक्रिया अघि बढाइएको छ।

प्रारम्भिक छानबिनमा उनीहरुको संलग्नता पुष्टि भएपछि कोर्ट मार्सल प्रक्रिया सुरु गरिएको बताइएको छ।

सैनिक ऐनले बहालवाला सैनिकमाथि सेनाभित्रै कारबाही गर्ने व्यवस्था गरेकाले उनीहरुलाई सेना मातहत राखिएको हो। तर, कानूनी कारबाहीको दायरामा पर्ने दुईजना अवकास प्राप्त सैनिकमाथि भने प्रहरीले अनुसन्धान गरिरहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धानपछि पूर्व जमदार थापासहित एक अन्य अधिकारीमाथि पनि जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। यद्यपि, अर्का अवकाशप्राप्त अधिकारी हाल अमेरिका पुगेको खुलेको छ।

चारैजना सैनिक कल्याणकारी कोषमा कार्यरत रहँदा मिलेमतोमा सवा २ करोड रुपैयाँ हिनामिना गरिएको आरोप लागेको छ।

नेपाली सेनाले आन्तरिक छानबिनको क्रममा आरोप पुष्टि भएपछि सम्बन्धित निकायहरूलाई थप कारबाहीका लागि जिम्मेवारी तोकेको हो।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१ उपसचिवसहित १० अधिकृतको सरुवा,९ पुगे निर्वाचन आयोग

चार कर्मचारी बर्खास्त,तीनलाई विभागीय कारवाही

इलाममा आज रातिदेखि सवारी आवागमन रोक

प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन

शिक्षा अधिकृतको ‘विवाह नगरे ज्यान लिने’ धम्कीपछि शिक्षिका झुण्डिइन्,पक्राउ परे रावल

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

किन बढ्दैछ प्रहरीमा राजीनामा दिने ट्रेन्ड ? थपिए एसएसपी रानाभाट

एसएसपी प्रकाश रानाभाटले किन दिए राजीनामा ?

बिशेष