गृहमन्त्रीको साथी हुँ भन्दै कर्मचारेलाई धम्की

 

बिज्ञापन

काठमाडौं । गृहमन्त्रीको साथी हुँ भन्दै राष्ट्रसेवक कर्मचारीलाई गालीगलौज र धम्की दिने एकजना पक्राउ परेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ तिनदोबाटोबाट ५० वर्षीय राजकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।

बिज्ञापन

श्रेष्ठले आफू गृहमन्त्रीको निकट सहयोगी भएको दाबी गर्दै विभिन्न कार्यालयमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई टेलिफोनमार्फत धम्क्याउने, गालीगलौज गर्ने र दैनिक प्रशासनिक कामकाजमा अवरोध सिर्जना गर्ने गतिविधि गर्दै आएको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो।पक्राउ परेका श्रेष्ठ काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ निवासी हुन्।

उनलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका लागि क्वार्टर खोज्नै ४५ दिन, चिडियाखानाबाट बल्ल भैसेपाटी सरे वन मन्त्री

शहीद दिवस: बलिदान, सम्मान र राष्ट्रिय चेतना

सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

डेढ लाख घुससहित रंगेहात पक्राउ परे इन्जिनियर

निर्वाचन खर्च ६ प्रतिशतले बढाइयो,हालसम्म ६ अर्ब ३६ करोड निकासा

यी हुन ठेक्का ओगट्ने,काम नगर्ने ९ निर्माण कम्पनी

एउटै सरकारी अड्डा,उही दर्जाका दुई हाकिम

३० बर्षमा १ हजार १ सय ९५ कर्मचारी परे विभागीय कारवाहीमा

बिशेष