विज्ञान, प्रविधि र समृद्धिको सम्भावना

आजको युग विज्ञान र प्रविधिको युग हो, जसले मुलुकको समृद्धि र विकासमा महत्वपूर्ण भूमिका खेल्दछ। विज्ञान र प्रविधि आपसमा गहिरो सम्बन्धित छन्, जहाँ विज्ञानले प्रविधिको विकासलाई मद्दत पुर्याउँछ र प्रविधि विज्ञान शिक्षालाई सशक्त बनाउँछ। यद्यपि नेपाल जस्ता विकासोन्मुख मुलुकमा विज्ञान र प्रविधिको क्षेत्रमा ठूलो फड्को लिन आवश्यक छ।विज्ञान र प्रविधिको विकासले विश्वभर मानिसको जीवनमा आमूल परिवर्तन ल्याएको छ । विशेष गरी यातायात, सञ्चार र उत्पादनका क्षेत्रमा। नेपालमा विज्ञान र प्रविधिको विकासमा केही प्रगति भए तापनि अझै धेरै सुधार गर्न बाँकी छ। नेपालका विभिन्न स्रोत र साधनहरूको उचित उपयोग गर्न सकिएमा देशको अर्थतन्त्र बलियो बनाउन मद्दत पुग्नेछ।

बिज्ञापन

विज्ञानले ज्ञान उत्पादन गर्छ भने प्रविधिले त्यस ज्ञानलाई व्यवहारमा प्रयोग गर्ने माध्यम बनाउँछ। विकसित राष्ट्रहरूको उदाहरण हेर्ने हो भने उनीहरूको आर्थिक र सामाजिक समृद्धिको मूल आधार नै विज्ञान र प्रविधिको उच्च विकास हो।स्टीम शिक्षा (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) को प्रवर्द्धनले भविष्यका लागि दक्ष जनशक्ति उत्पादन गर्न मद्दत गर्छ। त्यसैले नेपालमा विज्ञान तथा प्रविधिमा लगानी वृद्धि, अनुसन्धानमा प्रोत्साहन र जनचेतना अभिवृद्धिका कार्यक्रमहरू आवश्यक छन्।यदि विज्ञान र प्रविधिको उचित उपयोग र विस्तार गर्न सकियो भने नेपाल आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा समृद्ध राष्ट्र बन्ने स्पष्ट सम्भावना राख्दछ। सरकार, शैक्षिक संस्था, वैज्ञानिक समुदाय र नागरिकहरूबीच सहकार्य अत्यावश्यक छ।
नेपाल जस्ता विकासोन्मुख राष्ट्रमा अझै पनि विज्ञान र प्रविधिको सम्भावनाहरू व्यापक छन्। कृषि, ऊर्जा, शिक्षा, स्वास्थ्य, यातायात र सञ्चार लगायतका क्षेत्रमा वैज्ञानिक प्रविधिको प्रयोगबाट उत्पादनशीलता र सेवा गुणस्तर वृद्धि गर्न सकिन्छ। विशेष गरी सूचना तथा सञ्चार प्रविधिको विकासले शिक्षामा पहुँच, प्रशासनिक पारदर्शिता र रोजगारी सिर्जनामा ठूलो योगदान दिन सक्छ।
विज्ञान र प्रविधि राष्ट्रको आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि अत्यावश्यक माध्यम हुन्। विकसित देशहरूले यसलाई उच्च प्राथमिकता दिएका छन् भने नेपाल जस्ता विकासोन्मुख राष्ट्रहरूले पनि यसतर्फ ध्यान दिन थालेका छन्। नेपाल सरकारले विज्ञानको महत्वलाई आत्मसात गर्दै राष्ट्रिय विज्ञान दिवस जस्ता कार्यक्रममार्फत वैज्ञानिक चेतनाको प्रवर्द्धन गर्न थालेको छ।

बिज्ञापन

स्टीम शिक्षा (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) एक व्यावहारिक शिक्षा प्रणाली हो, जसले सिर्जनशीलता, समस्या समाधान र समुहमा काम गर्ने क्षमता विकास गर्दछ। यसले विद्यार्थीलाई वैज्ञानिक सोच र व्यावसायिक सीप प्रदान गर्दै समाज र राष्ट्रको समृद्धिमा योगदान पुर्याउँछ। तर, नेपालमा विज्ञान र प्रविधिको विकासमा पर्याप्त ध्यान नदिइएको अवस्था अझै छ। नेपालले जटिल प्रविधि विकास गर्न नसके पनि परम्परागत प्रविधिको उन्नयन गरेर गाँस, बास र कपासजस्ता समस्याको समाधान गर्न सकिन्छ। विगतमा सरकारको कमजोरीका कारण ठोस उपलब्धि हासिल हुन सकेको छैन। अब विज्ञान र प्रविधिमा लगानी, नीति निर्माण, जनचेतना र शैक्षिक सुधारका माध्यमबाट नेपालले समृद्धिको दिशामा अग्रसर हुन सक्ने स्पष्ट सम्भावना देखिन्छ।

आज विज्ञान र प्रविधिको विकासले विश्व नै एउटा सानो गाउँका रुपमा परिणत हुँदैछ । तर नेपालमा आजसम्म पनि उक्त क्षेत्रको ठोस विकास हुन सकेको छैन । वास्तवमा यहाँ पनि विज्ञान र प्रविधिको विकास गरी विद्यमान राष्ट्रिय सम्पदालाई विश्वसमक्ष प्रस्तुत गरेर विश्व पर्यटन बजारबाट अत्याधिक फाइदा लिन सकिन्छ ।हालसम्म पनि यहाँका अधिकांश जनता कृषिमा आश्रित छन् तर आजसम्म पनि यहाँ परम्परागत किसिमबाट खेतीपाती गर्नाले उक्त व्यवसायबाट खासै फाइदा हुन सकेको छैन । यसैले नेपालमा पनि विज्ञान र प्रविधिको ठोस विकासका लागि उपयुक्त नीति तथा नियमहरू तर्जुमा गरी कार्यान्वयन गर्न विशेष जोड दिन अति आवश्यक छ । यी कुराहरूबाहेक यहाँ विज्ञान र प्रविधिको विकास गरी अधिकतम लाभ लिन एकातर्फ विज्ञान र प्रविधिको महत्वबारे व्यापक प्रचार—प्रसार गरी यहाँका बालबालिकाहरूलाई सानै उमेरदेखि विज्ञान तथा प्रविधिको महत्वबारे विशेष ध्यानआकृष्ट गर्न आवश्यक छ भने अर्कातिर यस किसिमको शिक्षाबाट देशमा परेको प्रभावको बेलाबेलामा मूल्यांकन गरी समसामयिक सुधार गर्न उत्तिकै जरुरी छ ।

बिज्ञापन

हाल नेपालमा विज्ञान तथा प्रविधिको क्षेत्रमा उल्लेखनीय जनशक्ति उत्पादन भएको छ। लोकतन्त्रको पुनःस्थापनापछि विज्ञान शिक्षा विस्तारका लागि थुप्रै कलेजहरू स्थापना भइसकेका छन्। चिकित्सा र ईञ्जिनियरिङ क्षेत्रमा नेपालले अन्तर्राष्ट्रियस्तरका शिक्षण संस्था स्थापना गरेको छ र त्यहाँ उत्पादित जनशक्तिहरू विश्वका प्रतिष्ठित विश्वविद्यालय र अनुसन्धान केन्द्रहरूमा कार्यरत छन्।

चिकित्सा क्षेत्रमा टेस्ट ट्यूब बेबी, अङ्ग प्रत्यारोपण, जटिल शल्यक्रिया, र आँखाको उपचारजस्ता सेवा उपलब्ध छन्। ईञ्जिनियरिङतर्फ, हजारौँ साना जलविद्युत् आयोजना, झोलुङ्गे पुल, सामुदायिक वन व्यवस्थापन, मत्स्यपालन र जैविक विविधता संरक्षणमा पनि नेपालले उल्लेखनीय प्रगति गरेको छ।यी उपलब्धिहरू विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले हासिल गरेका सफलताका उदाहरण हुन्, जसलाई निरन्तरता दिँदै अझ सशक्त रूपमा अघि बढ्नु आवश्यक छ।

प्रविधि र विज्ञानको संयोजनका साथसाथै विकास भन्ने कुरा सामाजिक वातावरणबाट पनि प्रभावित हुने विषय हो । यसकारण कतिपय काम कारबाहीहरु राजनीतिक व्यवस्था, राज्यको सहयोग, जनशक्ति र साधन श्रोतको व्यवस्थापन जस्ता विषयहरुमा प्रत्यक्ष निर्भर गर्दछन् । नेपालको वर्तमान सन्दर्भमा हामीहरु राजनीतिक स्थायित्वका लागि संवेदनशील हुनुपर्ने आवश्यकता रहेको छ ।वर्तमान समयमा यहाँका नागरिकको हक तथा अधिकारलाई कुण्ठित नहुने गरी विज्ञान र प्रविधिको विकासमा सरकारले प्रोत्साहन दिएमा समृद्धिका लागि विकास भन्ने मूलमन्त्रलाई साकार बनाउन बल पुग्नेछ ।विज्ञान र प्रविधिको विकासका लागि अनुसन्धानको आवश्यकता पर्छ जसका लागि प्रचुर धनराशिको जरुरी छ । यो कुरा विकसित देशहरूको अनुभवबाट बोध हुन्छ । परन्तु यहाँ अनुसन्धानका लागि न्यून बजेट छुट्याउने परम्परा भएकाले उक्त क्षेत्रको ठोस विकास हुन सकेको छैन । त्यसैले यसतर्फ सम्बन्धित पक्षको ध्यान जान नितान्त आवश्यक छ ।

विज्ञान मानव सम्पदाको एक उल्लेखनीय उपलब्धि हो । सत्यको खोजी नै विज्ञानको प्रमुख लक्ष्य हो । विज्ञानले असाधारण कुरालाई सम्भव बनाउँछ । वास्तवमा भन्नुपर्दा विज्ञान शब्दको उपयोग प्रायः सधैं प्राकृतिक विज्ञानहरूको निम्ति गरिन्छ । यसमा भौतिकशास्त्र, रसायनशास्त्र र जीव विज्ञान पर्दछन् । प्रकृति र विज्ञानबीच गहिरो सम्बन्ध रहेको हुन्छ ।विज्ञानमा वैज्ञानिकहरुले पहिला अवलोकन गर्छन् । अनि त्यो किन र कसरी भयो भनी प्रश्न गर्छन् । त्यसपछि परिकल्पना गर्न शुरु गर्छन् । त्यो परिकल्पनाअनुसार धेरै पटक प्रयोग वा परीक्षण गरेपछि अन्त्यमा गएर वैज्ञानिक सिद्धान्त बन्छ । हाम्रो पूर्वीय दर्शनले कल्पना धेरै ग—यो, तर त्यसको परीक्षण गर्ने उपकरणको विकास गर्न सकेन । यद्यपि हामीसँग वेदहरु भए तापनि विज्ञानको उचित विकास हुन सकेन ।
धेरै बिकसित देशहरुमा त्यहाँको सरकारले विज्ञान र प्रविधिको क्षेत्रका अनुसन्धानकर्ताहरु, विज्ञहरु, बैज्ञानिकहरु, प्रोफेसरहरुसँग सल्लाह र सुझावहरु लिएर अघि बढ्ने गर्छ । विश्वका विकसित देशहरुको आर्थिक सम्वृद्धिको र सामाजिक रुपान्तरणको मुख्य इञ्जिन मानिने अनुसन्धान र बिकास अवधारणाको महत्वलाई ह्रदयंगम गर्दै नेपालमा विज्ञान तथा प्रविधिको अधिकतम विकास गरी देशलाई आर्थिक सम्बृद्धितर्फ उन्मुख गराउनु टडकरो आवश्यकता देखिन्छ । हाम्रो देश नेपाललाई स्वावलम्वी बनाउँने आफ्नो माटोलाई सुहाउँदो प्रविधिको विकास गर्नु जरुरी छ ।

वर्तमान युग विज्ञान र प्रविधिको युग हो, जहाँ विश्व तीव्र गतिमा प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहेको छ। विज्ञान र प्रविधिको निरन्तर खोज, अनुसन्धान र आविष्कारले मानव जीवनलाई सरल, सहज र आधुनिक बनाएको छ। यसलाई विकास र समृद्धिको मेरुदण्ड मानिन्छ।सूचना तथा सञ्चार प्रविधिको विकाससँगै इन्टरनेट, मोबाइल, कम्प्युटर, सामाजिक सञ्जाल (जस्तै फेसबुक, युट्युब, टिकटक आदि) हाम्रो दैनिक जीवनको अभिन्न अङ्ग बनिसकेका छन्।

सन् १९८० पछि सूचना प्रविधिको युग सुरु भई धेरै देशहरू प्रविधि आधारित अर्थतन्त्रतर्फ उन्मुख भएका छन्। यस सफलताको पछाडि वैज्ञानिक, इन्जिनियर, र अनुसन्धानकर्ताहरूको योगदान महत्वपूर्ण रहँदै आएको छ।विज्ञान र प्रविधिको विकासले संसारलाई औद्योगिक क्रान्तिबाट सूचना युगसम्म ल्याएको छ, जसले कल्पनाभन्दा बाहिरका कुरा पनि आज सम्भव बनाइदिएको छ।

प्रविधिले अध्ययन, अनुसन्धानमा ल्याएको ब्यापक परिवर्तनका कारण मानिसको जीवनमा सिर्जनशीलता र बौद्धिकताको ब्यापक विस्तार गर्नसमेत मद्दत पुर्याएको छ। वास्तवमा प्रविधि मानव जीवनको अत्यधिक सिर्जनात्मक प्रयोग हो भने यसलाई विज्ञानको सर्वोत्कृष्ट नतिजा पनि मान्न सकिन्छ।

विगत चार दशकदेखि चलिरहेको प्राविधिक क्रान्तिलाई विभिन्न नाम दिइएको छ, जस्तैः वैज्ञानिक—प्राविधिक क्रान्ति, नव—प्राविधिक क्रान्ति, तेस्रो प्राविधिक क्रान्ति, इलेक्ट्रोनिक वा माइक्रो इलेक्ट्रोनिक क्रान्ति इत्यादि। यी सबैमा वैज्ञानिक प्राविधिक क्रान्ति सबैभन्दा उपयुक्त नाम प्रतीत हुन्छ किनभने यसबाट विज्ञान तथा प्रविधि दुबै क्षेत्रहरूमा भइरहेका सबै परिवर्तनहरूको प्रतिनिधित्व हुन्छ।

आमरूपमा मानिसहरू वर्तमान प्राविधिक क्रान्तिलाई औद्योगिक क्रान्तिकै एउटा विकसित रूप, त्यसको उच्च चरण मान्दछन् र त्यसैकारण त्यसमा उनीहरू कुनै विशेष नयाँ कुरा देख्दैनन्। हाम्रो बुझाइमा यो एउटा ठूलो गल्ती हो। नव—प्राविधिक क्रान्ति मुख्य रूपले परमाणुभित्रका शक्तिहरूमाथि, उदाहरणको लागि इलेक्ट्रोनको गति तथा अन्य प्रकारका क्वान्टम शक्तिको उपयोगमाथि आधारित छ। इलेक्ट्रोन शक्तिको प्रयोगमाथि आधारित प्रविधिलाई इलेक्ट्रोनिक वा माइक्रो इलेक्ट्रोनिक प्रविधि भनिन्छ। यसप्रकार यो त्यस औद्योगिक क्रान्तिभन्दा गुणात्मक रूपले भिन्न छ, जसले बाफ र विद्युतको शक्तिको प्रयोग गर्दथ्यो। वर्तमान क्रान्तिलाई कम्प्युटर क्रान्ति पनि भनिन्छ।

विश्वमा विज्ञान र प्रविधिको विकास तीव्र गतिमा भइरहेको छ । विज्ञान र प्रविधिको विकास र विस्तारका लागि विश्व आज प्रतिस्पर्धात्मक रूपमा अघि बढेको छ ।आजको युग नै विज्ञान र प्रविधिको हो । यी क्षेत्रमा भएको निरन्तर खोज र अनुसन्धानले यस क्षेत्रमा नयाँनयाँ आविष्कारहरू भइरहेका छन् । त्यसो त मानिसले परापूर्वकालदेखि विज्ञान तथा प्रविधिको विकास गरेको पाइन्छ ।तर पनि केही दशकयता यस क्षेत्रमा भएका विकास, विस्तार र यसको उपयोगिताले मानव जीवन सहज र सरल बन्दै गएको कुरा साँचो हो । विज्ञान तथा प्रविधिलाई विश्वको विकास र समृद्धिको मेरूदण्ड मान्नुपर्छ । विज्ञान र प्रविधिविनाको जीवन अधुरो र अपूरो बन्न पुगेको छ ।अहिले विश्व परिवेश हेर्ने हो भने जुन मुलुकले सबैभन्दा बढी विज्ञान र प्रविधिको क्षेत्रमा विकास गर्न सकेको छ, त्यही मुलुक नै अग्रणि बन्दै गइरहेको छ । जसको ज्वलन्त उदाहरणको रूपमा हामी सयुक्त राज्य अमेरिका र जनवादी गणतन्त्र चीनलाई लिन सक्दछौं ।
विज्ञान र प्रविधिको सदुपयोगले देशको औद्योगिक विकास, रोजगार सिर्जना, युवाको व्यवस्थापन र समुन्नत नेपालको निर्माणमा योगदान दिन सक्छ। विद्यालय तथा उच्च शिक्षामा विज्ञान, प्रविधि र नवप्रवर्तनसम्बन्धी पाठ्यक्रममा सुधार आवश्यक छ, जसले व्यवहारिक ज्ञान प्रदान गरोस्।

देशको विकासका लागि जनतामा जागरण आवश्यक छ, जसरी अन्य देशहरू पुनर्निर्माणकालमा अघि बढे। नेपालका युवालाई स्वदेशमै काम गर्न सक्ने वातावरण बनाउनुपर्छ र पारम्परिक पद्धतिलाई प्रविधिसँग जोडेर उपयोग गर्नुपर्छ।राजनीतिक दलहरू, विषयविज्ञहरू र सम्पूर्ण नेपाली जनताले मिलेर विज्ञान, प्रविधि र नवप्रवर्तनलाई राष्ट्रिय संकल्पको रूपमा अंगाल्नुपर्छ भने मात्र अपेक्षित विकास सम्भव हुनेछ।

विद्यार्थीहरूमा वैज्ञानिक चिन्तन, तार्किक विचारको विकास, प्रयोगशीलता, व्यावसायिक कौशल र समस्या—समाधानको क्षमता विकास गर्न स्टीम शिक्षाको महत्वपुर्ण भूमिक रहन्छ ।नेपालमा स्टीम शिक्षा अन्य शिक्षाको तुलनामा कम प्राथमिकतामा रहेको छ, तर यसको महत्त्व बढ्दै गएको अवस्था छ । नेपाली शिक्षण संस्थाहरूले वैज्ञानिक, प्रविधिक, यांत्रिकी, र गणितमा आधारित पाठ्यक्रमहरू विकस गर्दै आएका छन्। विज्ञान र प्रविधिले नेपालको विकासमा महत्वपूर्ण भूमिका खेल्छन्। यो देशमा विज्ञान र प्रविधिका क्षेत्रमा कार्यरत नेपाली वैज्ञानिकहरूको संख्या बढेको छ र विज्ञान र प्रविधिका बिभिन्न क्षेत्रहरूमा नयाँ नयाँ आविष्कारहरु हुँर्दै आएका छन्। विज्ञान र प्रविधिका अध्ययनले नेपाललाई विश्वमा वैज्ञानिक समुदायको एक महत्वपूर्ण हिस्सा बनाएको छ । एक्काइसौँ शताब्दीमा विज्ञान र प्रविधिको क्रान्तिले ठूलो परिवर्तन ल्याएको छ। सम्पूर्ण मानवजातिले यसबाट लाभ उठाउँदै यसको निरन्तरता सुनिश्चित गर्न आवश्यक छ। यसरी मात्र विज्ञान र प्रविधिको विकास व्यापक बन्नेछ र विकास तथा समृद्धिमा महत्वपूर्ण टेवा पुग्नेछ।
उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरंगका प्रमुख कोष नियन्त्रक हुन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

पाँच सहसचिवको सरुवा,पत्र बुझ्न नमान्दा मन्त्रालयमा लफडा

गृहमन्त्रीको साथी हुँ भन्दै कर्मचारेलाई धम्की

विज्ञान, प्रविधि र समृद्धिको सम्भावना

निर्वाचनमा रास्वपाका हरि ढकालसँग पराजित कांग्रेस नेता विश्वलाई गभर्नर ‘उपहार’ !

सैनिक कल्याणकारी कोषको सवा दुई करोड घोटाला गर्ने पूर्व जमदार कारागार चलान

अन्तर प्रदेश,अन्तर स्थानीय तह सरुवाको व्यवस्थासहित तयार भयो निजामती विद्येयकको मस्यौदा

 राष्ट्रिय कर्मचारी सङ्गठनको अध्यक्षमा बूढाथोकी,कार्यसमितिमा अधिकांश नेपाल टेलिकमका

बिशेष