गभर्नर सिफारिस समितिको सदस्यबाट वश्व पौडेलले राजीनामा दिएका छन् ।
बिज्ञापन
उनले आजै समितिका संयोजक तथा अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका हुन् ।
बिज्ञापन
अर्थ मन्त्रीको सचिवालयका अनुसार पौडेलले अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा दिएका हुन्।
नेपाली कांग्रेसले गभर्नरमा पौडेललाई सिफारिस गर्न प्रस्ताव गरे पछि उनले समितिको सदस्यबाट राजीनामा दिएका हुन् ।उनी पार्टी सभापति शेरबहादुर देउवाका निकट मानिन्छन्।
बिज्ञापन
पौडेल २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन–१ बाट कांग्रेसका उम्मेदवार थिए । उक्त निर्वाचनमा रास्वपाका हरि ढकाल विजयी हुँदा पौडेल तेस्रो स्थानमा परेका थिए । ढकालले ३४,१८९, एमालेका सुरेन्द्र पाण्डेले २६,६०८ र कांग्रेसका पौडेलले २४,९९० मत पाएका थिए।
गभर्नर पदमा दावेदारीलाई उनको विज्ञताले समर्थन गर्दैन, भने कानूनतः पनि योग्य छैनन् ।पौडेल गभर्नर बन्न अयोग्य ठहरिने मुख्य विषयवस्तु भने दुईवटा छन् ।
नेपाल राष्ट्र बैङ्क ऐनले कुनै राजनीतिक दलमा सदस्य नभएको व्यक्ति मात्रै गभर्नर बन्नसक्ने भनेर स्पष्ट उल्लेख गरेको छ ।
नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा २१ मा गभर्नर, डेपुटी गभर्नर र सञ्चालक बन्नका लागि योग्य नहुने सातवटा अवस्थाहरु राखिएका छन्, जसको पहिलो उपदफामा भनिएको छ– राजनीतिक दलको सदस्य वा पदाधिकारी । अर्थात्, कुनै पनि दलको सदस्य वा पदाधिकारी रहेको व्यक्ती गभर्नर बन्न अयोग्य हुन्छ ।
गर्भनरको मुख्य जिम्मेवारी भनेको देशको मौद्रिक नीति बनाउने हो ।तर, पौडेल मौद्रिक नीतिका जानकार होइनन् । मौद्रिक नीति न उनको औपचारिक अध्ययनको विषय हो, न उनले यसमा कुनै अनुभवै बटुलेका छन् ।
यसअघि पुर्व गभर्नर बिजयनाथ भट्टराईले पनि राजिनामा दिएका थिए, उनको स्थानमा पुर्व गभर्नर महाप्रसाद अधिकारीलाई ल्याईएको थियो।